दोलखा । जिल्लामा तीन महिनाको अवधिमा लम्पी स्किन रोगका कारण नौ सय ४० वटा पशु चौपाया मरेका छन् । यस्तै, ३७ हजार एक सय ७५ पशुमा लम्पी स्किन देखिएको भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुपाल्चोक–दोलखा कार्यक्षत्र चरिकोटका कार्यालय प्रमुख डाक्टर ज्ञानबहादुर जिरेलले जानकारी दिए । उनका अनुसार जिल्लामा गत शुक्रबारसम्मको तथ्याङ्कअनुसार सक्रिय सङ्क्रमितको संख्या नौ हजार तीन सय ८१ रहेको छ । भने २६ हजार आठ सय ५९ पशु सङ्क्रमण मुक्त भएका छन् ।
उक्त तथ्याङ्कअनुसार जिरी नगरपालिकामा एक हजार आठ सय ७०, शैलुङ गाउँपालिकामा पाँच सय ८३, बैतेश्वर गाउँपालिकामा एक हजार छ सय ३९, गौरीशंकर गाउँपालिकामा १९ हजार नौ सय ५०, कालिञ्चोक गाउँपालिकामा दुई हजार नौ सय ५२, विगु गाउँपालिकामा चार हजार ६७, भीमेश्वर नगरपालिकामा दुई हजार चार सय १५, मेलुङ गाउँपालिकामा एक हजार सात सय १५ र तामाकोशी गाउँपालिकामा एक हजार नौ सय ८४ वटा पशुमा रोग देखिएको हो । सबैभन्दा बढी गौरीशंकर गाउँपालिका र सबैभन्दा कम शैलुङ गाउँपालिका लम्पी स्किन रोगका काराण पशुहरू प्रभावित भएका छन् । यो रोगका गाईगोरु, भैँसी, बाच्छाबाच्छी र पाडापाडी प्रभावित भएका छन् ।
त्यस्तै, रोग संक्रमणका कारण हालसम्म जिरी नगरपालिकामा ४९ वटा पशुचौपाया मरेका छन् । शैलुङ गाउँपालिकामा ५६, बैतेश्वर गाउँपालिकामा ९६, गौरीशंकर गाउँपालिकामा ७८, कालिङ्चोक गाउँपालिकामा एक सय १०, विगु गाउँपालिकामा दुई सय २५, भीमेश्वर नगरपालिकामा ६८, मेलुङ गाउँपालिकामा एक सय ३२ र तामाकोशी गाउँपालिकामा एक सय छ वटा चौपाया मरेका छन् । त्यस्तै, केन्द्रले हालसम्म सात हजार छ सय ७८ वटा पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाएको छ । केन्द्रका अनुसार जिल्लामा अझै खोप अभाव रहेको छ । पछिल्लो समय जिल्लामा रोग संक्रमण दर भने घट्दै गएको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : बिबिध, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8
ताजा अपडेट
- पशुपति कोषका तत्कालीन र हालका सदस्य सचिव क्रमशःढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
- नेपालमा वैदेशिक लगानीको प्रतिबद्धता जनाउनेमा चीन अघिअघि, भारत पछिपछि
- एशियाली खेलकुद: के नेपाललाई क्रिकेटबाट पदकको आशा बढेको हो?
- सरकारी कर्मचारीलाई ध्यान र योग गर्न किन निर्देशन दिइयो?
- दोलखामा एक साता नबित्दै ११ किलो अबैध सुन बरामद
- नक्कली भारतीय नोटसहित अन्सारी पक्राउ
- पर्यटन प्रवर्द्धन नयाँ ढङ्गले गर्न जरूरी : मन्त्री किराती
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बाँझो जग्गामा सामूहिक आलु खेती
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
तपाईको प्रतिक्रिया