नदीजन्य पदार्थको अवैध उत्खनन् आरोपमा त्रियुगाका तत्कालीन मेयरविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थको अवैध उत्खनन्मा संलग्न रहेको आरोपमा त्रियुगा नगरपालिकाका तत्कालीन मेयर बलदेश चौधरीविरुद्ध मुद्दा दायर गरेको छ । चौधरीले नगरपालिकाका कर्मचारी र ठेकेदारसँगको मिलेमतोमा नदीजन्य पदार्थको अवैध उत्खनन् गरी ८१ लाख ३५ हजार रुपैयाँ राजस्व चुहावट गरेको आयोगले आरोप लगाएको छ ।
आयोगले मेयर चौधरीसहित नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत किरणकुमार कार्की, तत्कालीन राजस्व शाखा प्रमुख गुरुप्रसाद ढकाल र निश्चल ट्रेडर्स हेटौँडाका प्रोपाइटर तथा ठेकेदार राजेश बदारलाई पनि मुद्दा दायर गरेको छ । मेयर चौधरीले ठेकेदारसँग मिलेर अवैधरूपमा ढुङ्गा, गिटी, ग्राभेल, रोेडा र बालुवाको उत्खनन् गरी गैरकानुनीरूपमा आर्थिक चलखेल गरेको अख्तियारको आरोप छ । आयोगका अनुसार तत्कालीन मेयर चौधरीले कर्मचारी र ठेकेदारसँगको मिलेमतोमा उठाउनुपर्ने भन्दा कम राजस्व उठाएर ६२ लाख ९१ हजार रुपैयाँ चुहावट गरेका थिए । यस्तै, ठेक्का नै नभएको भरौटे र बलौटे माटो उत्खनन् गर्न दिएर १८ लाख ४४ हजार रुपैयाँ चुहावट गरेको आयोगको दाबी छ ।
यस्तै, चौधरीले नगपालिकाभित्रका बरूवा खोला, त्रियुगा खोला र सुनकोशी नदीको नदीजन्य पदार्थ माटोबाहेकको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरेको तथा नगरस्तरीय राजस्व परामर्श समितिको निर्णयलाई समेत बेवास्ता गरेको आयोगले आरोप लगाएको छ । आयोगले उनीसँग राजस्व रकम ८१ लाख ३५ हजार रुपैयाँको दोब्बर जरिवाना एक करोड ६२ लाख ७० हजार सात सय ६४ रुपैयाँ माग दाबी गरेको छ । यस्तै, आयोगले तत्कालीन निमित्त प्रशासकीय अधिकृत कार्की र राजस्वका शाखा प्रमुख ढकालसँग पनि सोही रकम बराबरको मागदाबी गरेको छ । कार्कीले उक्त प्रतिवेदन अन्देखा गरी बरूवा, त्रियुवा खोला र सुनकोशी नदीबाट नदीजन्य पदार्थको उत्खनन् र बिक्री कार्यका लागि ठेक्का कायम गर्न स्वीकृत गर्ने काममा सहभागी भएको आयोगको आरोप छ । यस्तै, ढकालले नदीजन्य सामग्रीको ठेक्का दिँदा ठेक्काको न्यूनतम रकम कायम गर्न ठेकेदारसँग मिलेमतो गरेको आयोगको भनाइ छ ।
निश्चल टे«डर्स हेटौँडाका प्रोपाइटर तथा ठेकदार राजेश बछार भने तत्कालीन नगर प्रमुख र कर्मचारीसँग अवैधरूपमा गैरकानुनी मिलेमतो गरी सम्झौताको सर्तविपरीत बोलपत्र र सम्झौता नै नभएको, दरभाउ नै पेश नभएको नदीजन्य पदार्थ उत्खनन् बिक्री वितरण गरेको आयोगले जनाएको छ । आयोयले बछारले १८ लाख ४४ हजार रुपैयाँ राजस्व चुहावट गरेको भन्दै आयोगले सो रकमको दोब्बर राजस्व ३६ लाख ८८ हजार रुपैयाँ असुलउपर गर्न माग राखी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
क्याटेगोरी : बिबिध
ट्याग : #Page 7
ताजा अपडेट
- प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार रहिबल गजुरेलद्वारा राजिनामा
- एनसेल खरिदबिक्री सम्बन्धमा समितिले थाल्यो अध्ययन
- अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
- देशमा सुशासन कायम गर्न शान्ति समाजको जोड
- इजरायल र हमासबीच पुनः युद्धविरामका लागि प्रयास जारी रहेको कतारको भनाइ
- संसदीय सुनुवाइमा उजुरीकर्ता उपस्थित
- नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता
- विमानको आपतकालीन झ्यालको सिसा खस्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया