Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसाइकल संस्कृति बढाउन चित्रकला

साइकल संस्कृति बढाउन चित्रकला


काठमाडौ । मुठ्ठीदानमार्फत ‘नेपालमा साइकल कानुन’ निर्माण र ‘साइकल संस्कृति अभियान’लाई सघाउन आयोजना गरिएको ‘चित्रकलामा साइकल संस्कृति’ कार्यशाला सम्पन्न भएको छ ।

‘साइकल कल्चर कम्युनिटी’ले मुठ्ठीदान मार्फत ‘चित्रकलामा साइकल संस्कृति’ विषयक कार्यशाला सम्पन्न गरेको हो । महिला साइक्लिस्टको नेतृत्वमाबाट साइकल राइड नेपाल पर्यटन बोर्डमा पुगेर कार्यशालाको उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपालका ख्यातिप्राप्त साइक्लिस्टहरूलाई सम्मान समेत गरिएको थियो । नेपाल पर्यटन बोर्डको कोर्टयार्डमा भएको खुला चित्रकला कार्यशालामा एक जना कलाकारले दुईवटा क्यानभाषमा चित्रकृति तयार पारेका थिए । कार्यशालामा ३३ जना कलाकार सहभागी थिए । चित्रकार शशिविक्रम शाहले घरबाटै चित्रकृति बनाई कार्यशालामा पठाएका थिए भने केही कलाकारहरूले चित्राकृति घरमै बसेर पनि पूरा गर्ने काम गरेरहेको आयोजकले जनाएको छ । सबै कलाकृति जम्मा गरेर क्याटलग प्रकाशनसहित नेपाल कला परिषद्मा प्रदर्शनी गरिने लक्ष्य आयोजकको छ ।

सांस्कृतिक महत्वका सम्पदा क्षेत्रमा मासभेला तथा अन्तरक्रियासहित सातवटै प्रदेशमा नेपालमा साइकल कानुन र साइकल संस्कृति अभियान अघि बढाउने आयोजक संस्थाले लक्ष्य लिएको छ । यस कार्यबाट साइकल संस्कृति अभियानलाई कलात्मक किसिमले बौद्धिक जगतसँग जोड्ने प्रयास भएको अतिथिहरूले बताए । बरिष्ठ कलाकार, साहित्यकार तथा अभियान्ताहरूले आगामी दिनमा पनि यस किसिमका कलात्मक अभियानमा योगदान गर्ने प्रतिबद्धता जनाएका छन् ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया