Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआँखाको चालले बोलाउँदै…….

आँखाको चालले बोलाउँदै…….


आँखाको चालले बोलाउँदै रहेछौ तिमिले
मनमा मायाको फूलबारी फुलाउनू छ मैले

समालेर राखेको छु माया प्रेम यो दिलमा
सपनाहरू सजाउनु छ मेरो मनमा
मेरो मनमा तिम्रो लागि माया जागेछ
पहाडको कुनाबाट सुन्दर खोला बगिरहेछ

तिमिले मेरो गाउँ सम्म आउनु पनि छ
बिदा लिएर मेरी सानुलाई भेट्नु पनि छ
सम्झना आउँदा किन आँखाबाट आशु खस्छन्
भेटौला भन्दा भन्दै धेरै दिन बितेछन्

प्रकृतिको सुन्दरताले मनलाई लोभ्याउँछ
वसन्त ऋतुको सौन्दर्य हृदयमा बसेको छ
आँखाको चालले बोलाउँदै रहेछौ तिमिले
मनमा मायाको फूलबारी फुलाउनू छ मैले

नाम : गोबिन्द राज ओझा (राजन)
ठेगाना(दिपायल सिलगढी न.पा.२ दिपायल डोटी)


क्याटेगोरी : बिबिध


तपाईको प्रतिक्रिया