Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनेपाली उत्पादन निर्यातमा सघाउन व्यवसायीको आग्रह

नेपाली उत्पादन निर्यातमा सघाउन व्यवसायीको आग्रह


रुपन्देही । नेपाली उत्पादन भारत निर्यात गर्न सघाउन नेपाली व्यवसायीले आग्रह गरेका छन् । भारतले विभिन्न कारण देखाएर नेपाली उत्पादन निर्यातमा बाधा पु¥याएका कारण व्यवसायीले सो आग्रह गरेका हुन् ।

भैरहवामा आज आयोजित ‘नेपाल–भारत आर्थिक साझेदारी सम्मेलन’का वक्ताले नेपाली वस्तुको निर्यातमा भारतले गर्दै आएको अवरोधबारे चर्चा गरेका थिए । नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलमले नेपाली वस्तु निर्यातमा भारतले सहयोग गर्नुपर्ने बताएका छन् ।

सम्मेलनमा व्यवसायीले सीमामा दुवैतर्फका भन्सार कर्मचारी र सुरक्षाकर्मीबाट अनाहकमा दुःख पाउने गरेको गुनासो गरेका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले निर्माणाधीन एकीकृत जाँच चौकीसम्म रेलको सुविधा प्रदान गर्न भारतीय पक्षसँग आग्रह गरेका छन् ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया