Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधभारतीय पक्षबाट कञ्चनपुरमा एकलौटी ढङ्गबाट तटबन्ध निर्माण

भारतीय पक्षबाट कञ्चनपुरमा एकलौटी ढङ्गबाट तटबन्ध निर्माण


धनबहादुर जप्रेल
कञ्चनपुर, जेठ २८
लामो समयदेखि विवादमा रहँदै आएको कञ्चनपुरको दशगजा क्षेत्रमा भारतले दुवै देशसँगको सहकार्यबिनै तटबन्ध निर्माण कार्यको थालनी गरेको छ । नेपालले आफ्नै भूमिमा सडक निर्माण गर्दा भारतीय पक्षले अवरोध गरेको ब्रम्हदेवमा हाल भारतीय पक्षले दादागिरी शैलीमा तटबन्ध निर्माण कार्य गरिरहेको छ । भारतीय पक्षले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ ब्रम्हेदवमा महाकाली किनारनजिक तटबन्ध निर्माण गर्न लागेको हो । वर्षातको मुखमै आएर भारतीय पक्षले तटबन्ध निर्माण गर्न थालेपछि नेपाली पक्ष त्रसित भएका छन् । स्थानीय जनप्रतिनिधिहरूले पनि भारतीय कदमको विरोध गरेका छन् । नेपाली पक्षसँग सहमति नलिएर एकलौटी ढङ्गबाट तटबन्ध निर्माण गर्दै नेपाली भूमि हड्प्नका लागि भारतले नयाँ प्रपञ्च रहेको स्थानीयको भनाइ छ ।

स्थानीय एव नेपाली कांग्रेस ब्रम्हदेवका नेता केशव चन्दले भारतीय गिद्दे नजरले नेपाली भूमि हडप्ने र स्वार्थका लागि एकलौटी ढङ्गबाट तटबन्ध निर्माण गरिरहेको बताए । अर्का स्थानीय एव नेकपा नेता मोतिसिंह महताले भारतीय कदममथि शंका गर्ने थुप्रै ठाउँ रहेको बताए । उनले भारतीय कदमले नेपाली स्वाभिमानमाथि गम्भीर खतरा रहेको औँल्याए । वडाध्यक्ष रामनाथले एकलौटी ढङ्गबाट भारतले सीमा क्षेत्रमा गरिरहेको काम रोक्नका लागि प्रशासन कार्यालयमा अनुरोध गरेको बताए । ‘हामीले आफ्नै भूमिमा सडक बनाउँदा भारतले अनावश्यक रोकटोक गर्ने गरेको छ’, उनले भने, ‘उसले सीमा क्षेत्रमा जथाभावी गर्न पाइन्छ ।’ यथाशिघ्र काम रोकेर दुवै देशका अधिकारीबीच सहमति गर्नुपर्ने उनले बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले भारतीय पक्षको मर्मत एव तटबन्ध निर्माणका लागि उसको नियमित काम भएको बताए । ‘हामीसँग मौखिक अनुमति मागेको हो, ‘प्रजिअ खतिवडाले भने, ‘तटबन्ध निर्माणका लागि मात्रै अनुमति लिएका हौँ, कुनै सडक संरचना बनाए रोक्छौँ ।’ यसअघि पनि तटबन्ध भारतीय पक्षले नै तटबन्ध मर्मत गरिरहेको थियो । उक्त भूमिमा धेरै लामो समयदेखि विवाद देखिँदै आएको छ दशगजा क्षेत्र रहेको उक्त क्षेत्रमा विगत लामो समयदेखि नेपाली पक्षले बाटो पक्की बनाउन खोज्दा भारतले रोक्ने गरेको छ । तर, हाल भारतले भने तटबन्ध बनाइरहँदा नेपालको प्रशासन भने तटबन्ध मात्रै बनाउन दिएको भन्दै मूकदर्शक बनेर हेरिरहेको स्थानीयले आरोप लगाएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया