Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधएसईई नहुँदै रातो बंगलामा भर्ना खुल्यो

एसईई नहुँदै रातो बंगलामा भर्ना खुल्यो


काठमाडौँ, , जेठ २९
विश्वव्यापी रुपमा फैलिरहेको नोवल कोरोनाभाइरस महामारीको संकट अहिले नेपालले पनि व्यहोरिरहेको छ । गत चैत महिनामा तयारीको अन्तिम चरणमा पुगेर रोकिएको एसईई परीक्षा कोरोना महामारीकै डरकाकारण स्थगित हुन पुगेको थियो । स्थगित यो परीक्षा कहिलेसम्म हुने हो अझै एकीन हुन सकिरहेको छैन । मुलुकमा कोरोना महामारीका कारण संक्रमितको संख्या दिनप्रदिन बढदो अवस्थामा रहेकोले पनि एसईई परीक्षा कहिले हुने भन्ने अनिश्चितताको विषय बन्दै गइरहेको छ । यस्तो अन्योलपूर्ण अवस्थाका बीच पनि केही निजी विद्यालयहरुले विद्यार्थी भर्ना गर्न सुरु गरिसकेका छन् ।

नतिजा प्रकाशित भएपछि उत्तीर्ण विद्यार्थीका लागि सुरु गरिनुपर्ने ए लेभलको भर्नाका लागि फर्म भर्नुपर्ने म्याद निजी क्षेत्रद्वारा सञ्चालित रातोबंगला विद्यालयले एसईईको परीक्षा नहुँदै गत सोमबार सकिइसकेको छ । एसईईको परीक्षा नै नभएको वर्तमान अन्यौलपूर्ण अवस्थामा रातो बंगला विद्यालयको व्यवस्थापनले ए लेबलको भर्नाको लागि जुन ७ सम्मको म्याद दिएर केही दिनअगाडि सूचना निकालेको थियो । सोही सूचनाका आधारमा विद्यार्थीले ए लेबल अध्ययनको लागि फाराम पनि भरेका छन् । यसरी सरकारी नियमकानुनको ठाडो धज्जी उडाउँदै रातो बंगलाले नयाँ भर्ना लिएको विषय अहिले बुझ्नै नसकिने विषय बनेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया