Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘लकडाउन’ अवधिमा सोलुखुम्बुमा २२ जनाले ज्यान गुमाए

‘लकडाउन’ अवधिमा सोलुखुम्बुमा २२ जनाले ज्यान गुमाए


महेन्द्र शाही
सोलुखुम्बु, जेठ २९
सोलुखुम्बुमा लकडाउन अवधिमा विभिन्न कारणले एक प्रहरी हवल्दारसहित २२ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा १६ जना पुरुष र ६ जना महिला रहेका छन् । उनीहरुको विभिन्न कारणले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार भवितव्यमा परी १० जनाको मृत्यु भएको छ भने आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या १२ रहेको छ । आत्महत्यामा पनि झुण्डिएर आत्महत्या गर्ने ११ जना र विष सेवन गरी आत्महत्या गर्ने एक जना रहेको प्रहरीले जनाएको छ ।

जिल्लामा मृत्यु भएकाहरूमध्ये सबैभन्दा बढी ३० देखि ४० वर्ष उमेर समूहका छन् । सोलुखुम्बुमा आत्महत्या गर्नेको संख्या निकै बढिरहेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार ज्यान गुमाउनेहरूमा सोलुदूधकुण्ड नगरपालिकाका ६ जना छन् । त्यस्तै महाकुलुङ, सोताङ, थुलुदूधकोशी र माप्यदूधकोशी गाउँपालिकाभित्रका ४÷४ जनाले ज्यान गुमाएका छन् । यता सोताङ गाउँपालिकाभित्रका २ र नेचा सल्यान गाउँपालिकामा १ जनाले ज्यान गुमाएको प्रहरीको भनाइ छ । ज्यान गुमाउनेहरूमा सिद्धिचरण नगरपालिका ओखलढुंगाबाट सोताङ आएका एक युवक छन् भने सुनसरी घर भई अस्थायी प्रहरी चौकी दोर्पुमा कार्यरत प्रहरी हवल्दारसमेत रहेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए । उनीहरू दुव्ै जनाको भवितव्यले ज्यान गएको प्रहरीको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया