Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधन्यायिक समिति संयोजक नै न्याय माग्दै प्रहरीमा

न्यायिक समिति संयोजक नै न्याय माग्दै प्रहरीमा


महेन्द्र शाही
सोलुखुम्बु, जेठ ३०
स्थानीय सरकार गठन भएसँगै स्थानीय सरकारको उपप्रमुख न्यायिक समितिको संयोजक हुने कानुनी व्यवस्था रहेको छ । स्थानीय तहमा भएका झै–झगडा मिलाउने जिम्मा न्यायिक समितिलाई दिइएको छ । अन्यायमा परेका नागरिकलाई न्याय दिने जिम्मा स्थानीय तहकका उपप्रमुखलाई नै हुन्छ । अर्थात् स्थानीय तहको न्यायको प्रमुख उही हुने कानुनी व्यवस्था रहेकको छ । तर न्याय दिने संयोजक आफँै अन्यायमा परेको भन्दै न्यायका लागि प्रहरीसमक्ष पुग्नुपर्ने अवस्था आएको छ । यो घटना सोलुखुम्बुकको सोलुदूधकुण्ड नगरपालिकाको हो । नगरपालिका उपमेयर तथा न्यायिक समितिका संयोजक कल्पना राई आफैँ न्यायको लागि प्रहरीसमक्ष पुगेकी हुन् । त्यो पनि आफ्नै नगरपालिकाका प्रवक्ताका विरुद्धमा ।

गत मंगलबार भएको नगर कार्यपालिका बैठकमा प्रवक्ता सारदामाया तामाङले आफूमाथि हातपात गरेको भन्दै उपमेयर राईले प्रहरीकोमा जाहेरी दिएकी हुन् । नगर कार्यपालिका बैठकमा बोल्ने क्रममा प्रवक्ता तामाङले उपमेयर राईमाथि हातपात गरेको बताइएको छ । हात हालाहालको अवस्थापछि उपमेयर राईको निधारमा चोट लागेको बताइएको छ । कार्यपालिकाको बैठकमा आफ्ना एजेन्डा प्रस्तुत गर्दैगर्दा उपमेयर राईमाथि एक्कासी हातपात भएको प्रत्यक्षदर्शी एक कार्यपालिका सदस्यले जानकारी दिए ।

हातपातबाट उपमेयर राईको निदारमा चोट देखिएको उनले बताए । उपमेयर राईको जिल्ला अस्पताल फाप्लुमा उपचारपछि डिस्र्चाज गरिएको छ । हातपात गर्ने प्रवक्ता तामाङलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको थियो । तर उनलाई पनि उपचार गर्नुपर्ने भएकाले ओखलढुङ्गामा रहेको मिसन अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । बैठकमा उपमेयर राईले लकडाउनमा काठमाडौबाट उद्धार गरिएका नगरबासीको विषयमा प्रवक्ताद्वारा जारी विज्ञप्तिको विषयमा बोल्ने क्रममा प्रवक्ता तामाङले उपमेयर राईमाथि हातपात गर्न पुगेको वडा नम्बर छका वडा अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।

उपमेयर राईले प्रवक्ता एकलौटी हिसाबले एक व्यक्तिको पक्षपोषणमा लागेकाले प्रवक्ता नगरको हो कि मेयरको भनेर प्रश्न गरेको अर्का एक कार्यपालिका सदस्यले सुनाए । सोही क्रममा प्रवक्ता तामाङ एक्कासी हातपातमा उत्रिएकोे उनको भनाइ छ । फरक पार्टीबाट विजयी मेयर र उपमेयरका बीचमा सामान्य विवाद हुने गरेको भए पनि हातहालाहालको अवस्था आएको यो पहिलो पटक हो । यस्तो कार्यको सर्वत्र निन्दा भइरहेको छ । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया