Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुनचाँदी पसलबाट गरगहना तथा नगद चोरी गर्ने तीन जना पक्राउ

सुनचाँदी पसलबाट गरगहना तथा नगद चोरी गर्ने तीन जना पक्राउ


काठमाडौं, असार २४
काठमाडौं उपत्यकाभित्र भएका विभिन्न सुनचाँदी पसलहरूको सटर फोडी सुन तथा चाँदीका गरगहना र नगद रकम चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर त्रियुगा नगरपालिका २ का ३७ वर्षीय सुमित भन्ने गंगा बहादुर तामाङ, महोत्तरी बर्दिबास नगरपालिका ४ का ४५ वर्षीय बुद्ध बहादुर माझी र उदयपुर रामपुर गाउँपालिका ३ का ४९ वर्षीय विक्रम भन्ने जङ्गबहादुर माझी रहेका छन् ।

२०७६ फागुन १८ गते राति काठमाडौं महानगरपालिका २ लाजिम्पाटस्थित दिलिप कुमार श्रेष्ठको पबि ज्वेलर्समा रहेका १ किलो १ सय ५० ग्रामबराबरको सुनका गहना, ८ किलो ५ सय ६० ग्रामबराबरको चाँदीका गहना र नगद समेत गरी ८५ लाख ८५ हजार ६ सय ४२ रूपैयाँबराबरको धनमाल चोरी भएको थियो । अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आइतबार मोरङ उर्लाबारीबाट गंगा बहादुर र बुद्ध बहादुरलाई तथा काठमाडौं दरबारमार्गबाट जङ्गबहादुरलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले रातको समयमा कागज बोतल उठाउने व्यक्तिको हुलिया बनाई साइकलमा विभिन्न सुनचाँदी पसलहरूको रेकी गर्ने र धेरै मानिसको चहलपहल नहुने स्थानमा रहेको सुनचाँदी पसलको सटर फोडी चोरी गर्ने गरेका थिए । चोरीपछि घटनास्थल पसलभित्र रहेको सीसीटीभीको डीभीआरसमेत उनीहरूले लाने गरेको पाइएको प्रहरीले जनाएको छ । दुईवटा समूह मिलेर उक्त चोरीको काम गर्ने गरेका थिए ।

दुई समूहका नाइकेबीच जेलमा बस्दा चिनजान भएको र त्यहाँबाट छुटेपछि उनीहरूले आफ्नो म्यादीहरूलाई बोलाई अब अन्तिमपटक ठूलो काम गर्ने भन्दै सुनचाँदीका गरगहना चोरी गर्न लगाएका थिए । ५०/५५ वर्षका पुराना चोरहरूले २०/२१ वर्षका चोरलाई प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । चोरी गरेका सामानहरू मुख्य नाइके भारतीयमूलका चोरले बेचबिखन गरी फरार रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x