Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारबाट ३ करोड बढी विनियोजन

सोलुखुम्बुको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारबाट ३ करोड बढी विनियोजन


महेन्द्र शाही
सोलुखुम्बु, असार ३१
सोलुखुम्बुको पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक वर्षका लागि तीन करोड बढी रकम विनियोजन गरेको छ । जिल्लाको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले तीन करोड ७० लाख बजेट विनियोजन गरेको हो । प्रदेश १ को आन्तरिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार सोलुखुम्बुको पर्यटन पूर्वाधार विकास तथा प्रवर्द्धनका लागि २० लाखदेखि ४५ लाखसम्मका योजनाहरु स्वीकृत भएका हुन् ।

प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ मा सोलुखुम्बुको विभिन्न पर्यटकीय पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनअन्तर्गत प्रसिद्ध पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको पिके डाँडामा भ्यू प्वाइन्ट निर्माणका लागि मात्रै ४५ लाख रकम विनियोजन भएको छ । त्यस्तै खुम्बु क्षेत्रको पदमार्ग निर्माणका लागि ४५ लाख नै विनियोजन भएको छ ।

यस्तै जालिम क्षेत्रमा पर्यटकीय पूर्वधार निर्माणका लागि ३० लाख, हलेसी पाथीभरा धार्मिक पदमार्ग निर्माणका लागि ३० लाख, सेलुङ डाँडा सगरमाथा भ्यु टावर निर्माणका लागि ३० लाख बजेट विनियोजन भएको छ । यस्तै कुलुङ ताल पर्यटकीय पूर्वाधार विकासका लागि २० लाख, पर्यटकीय नगरी खुम्बु पासाङ ल्हामु गाउँपालिका पर्यटकीय पूर्वाधार विकासका लागि ३० लाख, गौरीटाप लेब्लु मिखर्क आहाले हुँदै फुर्के भन्ज्याङ सिद्धपोखरी समावेशी पर्यटन पदमार्गका लागि ३० लाख रकम विनियोजन भएको छ ।

यता तेङबोचे क्षेत्रको विकासका लागि २० लाख, पताले भ्यु प्वाइन्ट निर्माणका लागि २५ लाख, पाँच पोखरी प्रवर्द्धन तथा विकासका लागि २० लाख र मुद्धीदेखि खोमादिङ मेरा हिमालसम्म जाने पदमार्ग निर्माणका लागि ४५ लाख बजेट विनियोजन भएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x