Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनयाँ पुल नबनेपछि तिलावेको पुरानो पुल सञ्चालन

नयाँ पुल नबनेपछि तिलावेको पुरानो पुल सञ्चालन


सन्तोष पौडेल
बीरगञ्ज, साउन ४
तिलावेको पुरानो पुल सञ्चालनमा ल्याइएको छ । निर्माण कम्पनीले नयाँ पुल तयार गर्नसक्ने अवस्था नदेखिएपछि पुरानो पुल सञ्चालनमा ल्याएको हो । बाढी आउने बेलासम्म पुल तयारीको अवस्था नभएको र डाइभर्सन पनि टिकाउ नहुने देखेर पुरानो पुल सञ्चालनमा ल्याइएको हो ।

पप्पु र लुम्बिनी जेभीले २०७२ जेठ २५ गते ७ करोड ७१ लाख ७३ हजारमा पुल निर्माणको ठेक्का लिएको थियो । ठेक्का लिएको अवधिदेखि यसै आवको फागुन १३ गतेसम्म पुल तयार गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर सो अवधिसम्म पुल निर्माणको काम २५ प्रतिशत मात्र भएको छ । सडक विभाग, हुलाकी राजमार्ग आयोजना वीरगञ्जमार्फत भइरहेको यो कामको कार्यप्रगति २५ प्रतिशत मात्र भएको सो कार्यालयले जानकारी गराएको छ ।

ठेकेदार कम्पनीले गएको वर्ष जिल्ला प्रशासन कार्यालय, पर्साले अधूरो निर्माणकार्य पूरा गर्न ठेकेदार कम्पनीलाई कडाइ गरेपछि पुरानो पुलको आवागमन बन्द गरेको खण्डमा नयाँ पुलको निर्माण चाँडो हुने बताएर डाइभर्सन निर्माण गराएको थियो । तर पुरानो पुलबाट आवागमन बन्द गरिएको वर्ष दिन बित्दा पनि नयाँ पुल बन्ने कार्य तीव्र हुनसकेन । डाइभर्सनबाट आवागमन भइरहेको र वर्षायाममा बाढीले डाइभर्सन बगाउनसक्ने सम्भावना देखेर दुई साताअगाडि पुरानो पुलबाट आवागमन सुरू गरिएको थियो । अहिले डाइभर्सनलाई वर्षाले पूर्णरूपमा क्षति गरेको छ । त्यहाँबाट आवागमन तत्काल सम्भव छैन । पुरानो पुलबाट आवागमन सुरू गरिएको कारण अहिले यो सडकखण्डबाट सवारीसाधनहरूको आवतजावत रोकिएको छैन । ठेकेदार कम्पनीले भने नयाँ पुलको निर्माण वर्षाको कारण पुनः बन्द गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x