Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘एक घर एक धारा’ कार्यक्रमले स्थानीय दङ्ग

‘एक घर एक धारा’ कार्यक्रमले स्थानीय दङ्ग


सुबास बस्नेत
दोलखा, साउन ५
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ ले प्रत्येक स्थानीयको घर–घरमा खानेपानीको धारा निर्माण गरिदिएपछि स्थानीय दङ्ग परेका छन् । अघिल्ला वर्षहरूमा खानेपानीको चरम समस्या खेप्दै आएका वडा नम्बर तीन पोखरेका स्थानीयलाई वडाले घर–घरमै खानेपानीको जोहो गरिदिएको हो ।

कालिञ्चोक गाउँपालिकाले ‘एक घर एक धारा’ निर्माणको नीतिअनुसार वडा नम्बर ३ पोखरेका प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरेको हो । वडा कार्यालयले प्रत्येक स्थानीयको घरमै धारा निर्माण गर्नको लागि अघिल्लो आर्थिक वर्षमा २४ लाख बजेट छुट्ट्याएको थियो भने गैरसरकारी संस्था सेवक नेपालले दिएको छ लाख ५० हजार अनुदान दिएको थियो । वडामा ९३ वटा धारा तथा खानेपानीको ट्याङ्की निर्माण गरेको वडा अध्यक्ष निशान बुढाथोकीले जानकारी दिए । ७ सय ४१ घरपरिवार रहेको आफ्नो वडामा करिब ६२ प्रतिशत धारा निर्माण भइसकेको वडा अध्यक्षले बुढाथोकीले बताए ।

वडाले गत आर्थिक वर्षमा ५ वटा खानेपानी तथा सरसफाइ कार्यक्रमका बजेट विनियोजन गरेको थियो । ५ वटा आयोजनामध्ये ३ वटा पूरा भएको र २ वटा आयोजना निर्माणाधीन अवस्थामा रहेको उनले बताए । उनले अघिल्लो वर्षमा गाउँपालिकाले ४१ वटा वडास्तरीय योजनालाई एक करोड १७ लाख बजेट दिएको बताए । उनले सबै आयोजना सम्पन्न भएको जानकारी दिए । ७ सय ४१ घर रहेको वडा नम्बर ३ मा ३ सय ५५ ओटा घरमा खानेपानीको धारा पुगिसकेको छ । बाँकी साढे २ सय घरमा पनि खानेपानीको धारा निर्माण हुने प्रक्रियामा रहेको उनले बताए ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ स्थित बोजिनी, पान्डेटोल, घ्याङ, गोगनेर, बानियाँ गाउँको १ सय चार घरधुरीको लागि आर्थिक वर्ष २०७६/०७७ को बजेटबाट ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत सेवक नेपालको साझेदारीमा उपभोक्ता समितिमार्फत धारा निर्माण गरेको वडाले जनाएको छ । घरघरमा धारा पुगेपछि सिंगो टोल नै लाभान्वित भएको कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ स्थानीय सीता पाण्डेले बताइन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x