Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबझाङका स्थानीय तहमा नियमविपरीतका खर्च बढ्दो

बझाङका स्थानीय तहमा नियमविपरीतका खर्च बढ्दो


आशिषबहादुर सिंह
बझाङ, साउन ६
बझाङका स्थानीय तहहरुले अनियमित तरिकाले खर्च गरिरहेको भेटिएको छ । हरेक वर्ष बढ्दो बेरुजुको अंकले खर्च गर्ने तरिकामा लापरबाही बढेको देखिएको हो । असार अन्तिम दिन महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७औं वार्षिक प्रतिवेदनअनुसार विगतका आर्थिक वर्षभन्दा पछिल्ला आर्थिक वर्षमा बझाङका स्थानीय तहमा बेरुजु बढ्दो छ । महालेखाको ५७औं वार्षिक प्रतिवेदनअनुसार बझाङका १२ स्थानीय तहको ४६ करोड करोड ७९ लाख १६ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

बझाङका १२ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी मष्टा गाउँपालिकामा र सबैभन्दा कम केदारस्युँ गाउँपलिकामा बेरुजु देखिएको छ । सबैभन्दा बढी बेरुजु देखिएको मष्टा गाउँपलिकामा ६९ करोड ५५ लाख ५२ हजार लेखापरीक्षण रकममध्ये १८ दशमलव ८० प्रतिशत अर्थात् १३ करोड सात लाख ६३ हजार बेरुजु देखिएको छ । त्यस्तै सबैभन्दा बेरुजु देखिएको केदारस्युँ गाउँपालिकामा ९० करोड ५९ लाख २५ हजार रकमको लेखापरीक्षण भएकोमा शून्य दशमलव ९९ प्रतिशत अर्थात् ८९ लाख ७१ हजार बेरुजु देखिएको छ ।

यसैगरी बुङ्गल नगरपालिकामा एक अर्ब १४ करोड ४३ लाख ६२ हजार लेखापरीक्षण गरिएको रकममध्ये चार करोड ७७ लाख ७३ हजार अर्थात् ४ दशमलव १७ प्रतिशत र जयपृथ्वी नगरपालिकामा एक अर्ब तीन करोड ३८ लाख ५९ हजार लेखापरीक्षण रकममध्ये दुई करोड ७७ लाख ५३ हजार अर्थात् २ दशमलव ६८ प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै दुर्गाथली गाउँपालिकामा ६८ करोड एक लाख ६७ हजार लेखापरीक्षण गरिएकोमा पाँच करोड २९ लाख ४५ हजार अर्थात् ७ दशमलव ७८ प्रतिशत बेरुजु देखिएको छ ।

विथ्डचिर गाउँपालिकामा ८४ करोड २५ लाख ४२ हजारमध्ये तीन करोड नौ लाख ५८ हजार अर्थात् ३ दशमलव ६७ प्रतिशत बेरुजु देखिएको छ । थलारा गाउँपालिकामा ७८ करोड ६२ लाख ३५ हजारमध्ये एक करोड ५२ लाख ५० हजार अर्थात् १ दशमलव ९४ प्रतिशत, छबिसपाथीभेरा गाउँपालिकामा ७१ करोड ४१ लाख २३ हजार लेखापरीक्षण रकममध्ये तीन करोड ८७ लाख छ हजार अर्थात् ५ दशमलव ४२ प्रतिशत रकम बेरुजु देखिएको हो ।

खप्तडछान्ना गाउँपालिकामा दुई करोड ७५ लाख पाँच हजार बेरुजु रहेको छ । कुल लेखापरीक्षण गरिएको ६६ करोड २६ लाख ७२ हजारमा बेरुजु आएको रकम ४ दशमलव १५ प्रतिशत हो । तल्कोट गाउँपालिकामा चार करोड ३१ लाख ७४ हजार बेरुजु आएको छ । लेखापरीक्षण गरिएको ६३ करोड दुई लाख सात हजारको ६ दशमलव ८५ प्रतिशत हो । यस्तै साइपालमा २९ करोड ७५ लाख १९ हजारको लेखापरीक्षण गरिएको मध्ये १४ दशमलव ४७ प्रतिशत अर्थात् चार करोड ३० लाख ६५ हजार बेरुजु छ । सुर्मा गाउँपालिकामा ४० करोड ९६ लाख ७३ हजारमध्ये ३ दशमलव ६० प्रतिशत अर्थात् एक करोड ४७ लाख ४८ हजार बेरुजु देखिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x