Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधप्रयोगमा नआउँदै जुँगु स्वास्थ्य चौकी भवनबाट पानी चुहिन थाल्यो

प्रयोगमा नआउँदै जुँगु स्वास्थ्य चौकी भवनबाट पानी चुहिन थाल्यो


सुबास बस्नेत
दोलखा, साउन ६
दोलखाको गौरीशंकर गाउँपालिका–२ जुँगुमा बनेको नवनिर्मित्त स्वास्थ्य चौकी भवन गुणस्तरहीन भएको जनप्रतिनिधि र स्थानीयले आरोप लगाएका छन् । यद्यपि प्राविधिक परीक्षण गरेर भवन निर्माणकर्तालाई गाउँपालिकाले सबै रकम भुक्तानी दिइसकेको छ । भवन निर्माण सम्पन्न भए पनि भवनको पार्टेसन वाल सिधा नभएको, झ्यालढोका नलाग्ने र भवनको छाना गुणस्तरहीन भएकाले कोठाभित्र पानी चुहिने समस्या देखिएको स्थानीय भीष्मप्रकाश खड्काले आर्थिक दैनिकलाई बताए ।

प्रयोग गर्नुअघि नै भवनको छानाबाट कोठामा पानी छिर्न थालेपछि भवनलाई पाल हालेर पानी तर्काउनुपर्ने अवस्था आएको उनले बताए । भवन बनाउन उपभोक्ता समितिले स्थानीय निर्माण व्यवसायीलाई जिम्मा दिएको थियो । भवन प्राविधिक स्टिमेटभन्दा बाहिर गएर गुणस्तरहीन बन्नपुगेको स्थानीयको आरोप छ । यता स्थानीय जनाप्रतिनिधिले पनि नवनिर्मित भवनमा प्रयोग गर्नुअघि नै विभिन्न प्राविधिक समस्या देखापरेका बताउँछन् । उपभोक्ता समितिले बनाएको भवन हेर्दा आफूलाई चित्त नबुझेको गौरीशंकर गाउँपालिका– २ का वडाअध्यक्ष बसन्त कार्कीले बताए । भबन बनाउँदाको सुरु देखीनै आफुले भबनको गुणस्तरमा प्रश्न गरेको र उपभोक्ता समितीले आफ्नो कुनै कुरा नसुनेको कार्कीको भनाइ छ ।

नवनिर्मित भवनमा केही त्रुटी भएको प्राविधिक अरुण घतानीले स्वीकार गरे । उनले झ्याल ढोका नलाग्ने समस्या काठ पसाङ्गिएको कारण भएको बताए । प्रदेश सरकारले बनाएको स्टमेटअनुसार नै भवन निर्माण भएको उनले दाबी गरे। उक्त भवन गुणस्तरहीन भए/नभएको अनुगमन गर्ने गौरीशंकर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप खडकाले बताए । प्रदेश सरकारले स्टमेट गरेको अनुसार नै प्राविधिकले निर्माण सम्पन्न गरेको रिर्पोट बुझाएपछि आफूहरुले भुक्तानी दिएको उनले बताए । वडा अध्यक्षसहितलाई हस्ताक्षर गराएर निर्माण कम्पनीलाई भवन निर्माणको जिम्मा दिएकोले अहिले आएर कम गुणस्तरहीन भन्दै वडा अध्यक्ष पन्छिन् नमिल्ने अधिकृत खड्काले बताए ।

सुरुको समयमा गाउँपालिकाले नियमित अनुगमन गरेको भए पनि निर्माण सम्पन्नको अवस्थामा कार्य व्यस्तताले अनुगमनमा निस्कन नसकेको उनको भनाइ छ । वाग्मती सरकारको ५० लाख र गाउँपालिकाको ३० लाख बजेटमा गरी ८० लाख लागतमा उक्त भवनको निर्माण सम्पन्न भएको हो । प्रदेश सरकारले ९८ लाखमा भवन बनाउन स्टिमेट गरेको भए पनि भवन निर्माणको जिम्मा टेण्डर नगरी उपभोक्ता समितिलाई दिएपछि प्रदेश सरकारले ५० लाख रुपैयाँ निकासा गरेको थियो । त्यस्तै पछि गाउँपालिकाले भवन बनाउन लागि ३० लाख निकासा गरेको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x