Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ


काठमाडौं ।
प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौँ–१६, म्हैपीबाट ४ जना गरी मोटरसाइकल चोरी गर्ने ५ जनालाई पक्राउ गरेको हो ।

ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार धर्मस्थलीबाट नुवाकोट काउले गाउँपालिका वडा नं. ५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ को रमेश तामाङलाई प्रदेश ३–०२,०१६ प ३८०४ नम्बरको रातो रंगको दुई सय सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएका हो । उक्त नम्बरको मोटरसाइकल गत कात्तिक दुई गते खुमलटार ललितपुरबाट हराएको हुँदा खोज तलास गरी पाऊँ भनी रोशन अधिकारीले महाशाखामा निवेदन दिएको थिए ।

उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाइएको महाशाखाले जनाएको छ । त्यस्तै, काठमाडौँ म्हैपीबाट नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमडौँ झोर बस्ने वर्ष २२ को किरण लामा, सोही ठाउँका र हाल काठमडौं गणेशथान बस्ने वर्ष २१ को क्षितिज तामाङ, नुवाकोट सूर्यगडी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं मनमैजु बस्ने वर्ष २३ को दिपक तामाङ र बारा करैया गाउँपालिका वडा नं. ४ घर भई हाल तार्केश्वर नगरपालिका वडा नं. १० बस्ने वर्ष २३ को गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरूको साथबाट प्रदेश ३–०२–०१५ प ३६०४ नम्बरको कालो रंगको १५० सीसीको पल्सर मोटरसाइकल पक्राउ परकोमा उक्त मोटरसाइकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उक्त नम्बरको मोटरसाइकल गत असार २१ गते काठमाडौं तार्केश्वर नगरपालिका वडा नं. ५ गोल्ढुङ्गाबाट हराएको हुँदा खोज तलास गरिपाऊँ भनी प्रविन ढुंगानाले हुलियासहितको निवेदन महाशाखामा दिएको थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाइएको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया