Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधरंगशाला बनाउन अल्का अस्पतालद्वारा धुर्मुस–सुन्तली फाउन्डेसनलाई २५ लाख प्रदान

रंगशाला बनाउन अल्का अस्पतालद्वारा धुर्मुस–सुन्तली फाउन्डेसनलाई २५ लाख प्रदान


काठमाडौं ।
चितवनको भरतपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । रंगशाला निर्माणाधीन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन् ।

रंगशाला निर्माणमा सहयोग पुग्ने हिसाबले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताए । धुर्मुस सुन्तली फाउन्डेसनका सीताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफूहरू सहयोगी हातका रुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ थियो । ‘यसअघि पनि सीताराम कट्टेल धुर्मुसजीले सामाजिक काममा सफलता पाइसक्नुभएको छ’, थापाले भने, ‘रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुँ ।’

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा चारवटा गेट रहनेछ । मुख्य गेटको डिजाइन स्तूपा रहनेछ । रंगशालासँगै अभ्यासका लागि दुईवटा छुट्टै अभ्यास मैदान समेत हुनेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया