Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधशर्मा एण्ड कम्पनी ५५औँ वर्षमा

शर्मा एण्ड कम्पनी ५५औँ वर्षमा


काठमाडौं ।
देशको पूर्वाधार निर्माण क्षेत्रमा काम गर्दै आएको शर्मा एण्ड कम्पनी प्रालि ५५ वर्षमा प्रवेश गरेको छ । कम्पनीले स्थापना दिवसको अवसरमा रक्तदान तथा खाद्यान्न वितरण कार्यक्रमको आयोजना समेत गरेको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसरमा बुधबार नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा करिब १ सय २५ जनाले रक्तदान गरेका थिए भने ७५ जना अशक्त तथा असहायहरुलाई खाद्यान्न वितरण गरिएको थियो । साथै कम्पनीले सामाजिक क्षेत्रका अन्य कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइएको जानकारी दिएको छ । वि.सं. २०२२ सालमा कम्पनीका अध्यक्ष राधाकृष्ण शर्माबाट विधिवत् रुपमा सञ्चालनमा आएको कम्पनीले देशका महत्वपूर्ण निर्माण आयोजनाहरु समयमा नै सम्पन्न गरी हस्तान्तरण गरेको कम्पनीका प्रबन्धनिर्देशक रमेश शर्माले बताए ।

कम्पनीले समयमा नै निर्माणकार्य सक्ने गरी अब आउने अत्याधुनिक प्रविधिलाई प्रयोग गरेर विकास निर्माणकार्यलाई थप गुणस्तरीय तथा व्यवस्थित गर्न लागिएको प्रबन्धक शर्माले जानकारी दिए । कम्पनीको मातहत हाल ५ सय ९ बेडको वीर अस्पतालको भवन, मेडिसिटी अस्पताल, महान्यायाधिवक्ताको कार्यालय, सिटी सेन्टर, सेन्टर पार्क, मेलम्ची खानेपानी आयोजनाको १ सय ५० मिटर पाइप बिछ्याउने काम, सुन्दरीजलमा वाटर ट्रिटमेन्ट प्लान्ट निर्माणलगायतका महत्वपूर्ण परियोजनाहरु सञ्चालन भइरहेका छन् । कम्पनीले ५० लाखको अक्षय कोष स्थापना गरी सामाजिक कार्य पनि गरिरहेको शर्माले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया