Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधरातको ९ बजेपछि मदिरा पसल बन्द

रातको ९ बजेपछि मदिरा पसल बन्द


दोलखा ।
जिल्ला प्रहरी कार्यालय दोलखाले राति ९ बजेपछि चरीकोट बजारका सम्पूर्ण मदिरा पसल बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी भेषराज रिजालले घरेलु मदिरा न्यूनीकरण गर्नलाई राति नौ बजेपछि भट्टी पसलहरू बन्द गर्न निर्देशन दिएको बताए । साँझको समयमा अत्यधिक बिक्री हुने मदिराले बजारमा धेरै विकृति फैलिएको भन्दै उनले चरीकोट बजारमा खुलेका भट्टी पसल तथा लोकल मदिरा बिक्री हुने सबैखाले पसल बन्द गर्ने बताए ।

त्यसैगरी चरीकोट बजारको सुरक्षालाई थप व्यवस्थित बनाउन रातको समयमा प्रहरी गस्तीलाई थप बढाउने पनि उनले जानकारी दिए । दोलखामा हुने चोरी तस्करीका घटना न्यूनीकरण गर्न, बजार क्षेत्रमा हुने गाँजा सेवन तथा लागुऔषध दुव्र्यसन तथा बिक्रीवितरणलाई रोक्न आफ्नो कार्यकालमा सक्दो प्रयास गर्ने उनले बताए ।

त्यसैगरी वनक्षेत्रमा हुने चोरी तस्करी, नदी उत्खननलाई रोक्ने पनि उनले बताए । चरीकोट बजारमा हुने जामलाई व्यवस्थापन गर्न चरीकोटको बीच बजारमा दुई जना प्रहरीलाई दिउँसोको समयमा राख्ने पनि उनले जानकारी दिए । साथै उनले आगामी वैशाखमा हुने चुनावलाई सुरक्षित बनाउन सिंगो जिल्लाको सुरक्षा टोली खट्ने र नागरिकलाई सुरक्षित ढंगले मतदान गर्ने वातावरण बनाउने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया