Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसामुदायिक वनमाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै शुक्लाफाँटा र कृष्णपुरमा आन्दोलन

सामुदायिक वनमाथिको प्रतिबन्ध फुकुवाको माग गर्दै शुक्लाफाँटा र कृष्णपुरमा आन्दोलन


कञ्चनपुर ।
कञ्चनपुरका विभिन्न सामुदायिक वन उपभोक्त समितिहरूले सामुदायिक वनमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन् । कन्चनपुरको शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकामा विभिन्न सामुदायिक वनमा आबद्ध उपभोक्ताहरूले विरोध प्रर्दशन समेत गरेका छन् ।

शुक्लाफाँटा नगरपालिकाभित्र रहेका १९ ओटा सामुदायिक वनहरू र कृष्णपुर नगरपालिकामा रहेका विभिन्न सामुदायिक वनका उपभोक्ताहरूले मंगलबार सामुदायिक वनमाथि लगाएको प्रतिबन्ध फुकुवा गर, उपभोक्ताको अधिकार सुनिश्चित गर भन्दै एक घण्टा शंख अवरोध तथा नारासहित विरोध कार्यक्रम गरेका छन् । उनीहरूले काठ दाउरामा लगाइएको बन्देज फुकुवा हुनुपर्ने, वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेजी प्रस्ताव फिर्ता हुनुपर्ने, छानबिन समितिले सिफारिस गरेको वन कर्मचारी तथा सामुदायिक वनका पदाधिकारीमाथिको कारबाही सिफारिस खारेज हुनुपर्नेलगायतका माग राखेका छन् ।

सामुदायिक वनमा प्रतिबन्ध लगाउँदा उपभोक्ताहरूलाई घाँस दाउरादेखि मानिसको शव जलाउन समेत दाउरा नपाउने समस्या रहेको शुक्लाफाटा नगरपालिका ११ मा रहेको श्री कृष्ण सामुदायिक वन तथा उपभोक्ता समूहका अध्यक्ष दानबहादुर बोहराले बताए ।

सामुदायिक वनले आफ्नो क्षेत्राधिकारभित्र रहेको वन जंगलको संरक्षण गर्ने हुँदा आफ्नो वन क्षेत्रको उपभोग अधिकार पनि दिन अत्यावश्यक रहेको विरोध कार्यक्रममा आएका विभिन्न उपभोक्ताहरूको भनाइ रहेको छ । उपभोक्ताहरूका अनुसार, सम्बन्धित निकायले आफूहरूको आवाज सुन्नुपर्ने तथा सामुदायिक वनलाई लगाएको अवरोध ससर्त फुकुवा गर्नुपर्ने बताए । वन विभागले सामुदायिक वनमा लगाएको अवरोध नहटाएसम्म विरोध गर्ने कार्यक्रम तय भएको र पछि नहट्ने उनीहरूको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया