Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

चीनको ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान


काठमाडौं ।
नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित हिमालय एयरलाइन्सले परीक्षण उडानस्वरुप ल्हासामा उडान भरेको छ । कम्पनीको जहाज मंगलबार आफ्नो पहिलो उच्च उचाइ गन्तव्य ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको थियो । ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो, जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ ।

परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकाबद्ध उडानहरू सुरू गर्ने कम्पनीको व्यावसायिक योजनाकोअनुरूप नै भएको जनाइएको छ । परीक्षण उडान एच९९६१ त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट मंगलबार बिहान ७ः१७ बजे (स्थानीय समय)मा ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे (स्थानीय समय)मा अवतरण भएको थियो ।

एयरलाइन्सका सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका थिए । परीक्षण उडानका लागि एयरलाइन्सले सन् २०२० को मार्च महिनामै विशेषतः उच्च उचाइका लागि उडान भर्न एच९एजेके नाममा दर्ता भएको न्यारोबडी हवाइजहाज ए३१९–११५ प्रयोगमा ल्याएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया