Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधअमर्यादित र गैरकानुनी तरिकाले परीक्षा सञ्चालन गरेको अभियोगमा तीन शिक्षक पक्राउ

अमर्यादित र गैरकानुनी तरिकाले परीक्षा सञ्चालन गरेको अभियोगमा तीन शिक्षक पक्राउ


कास्की ।
परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगी अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानुनविपरीतको कसुरजन्य कार्य गरेको अभियोगमा पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालय कास्कीका तीन जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका १८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका १ बाघबजार बस्ने उक्त विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, रुपा गाउँपालिका–४ सिद्ध स्थायी घर भई हाल पोखरा महानगरपालिका ११ फूलबारी बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका २० भलाम बस्ने सोही विद्यालयका शिक्षक ४० वर्षीय शिरिष कुमार बस्ताकोटी रहेका छन् ।

उक्त विद्यालयका शिक्षकहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानुनविपरीतको कसुरजन्य कार्य समेत भएको हुनसक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषीउपर कारबाही हुन भन्ने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको पत्र जाहेरीसहितको कागजातहरु माघ २ गते प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुउपर शिक्षा ऐनअन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद भई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया