Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘आइएमई पे’ र ‘ग्रीन–वे’बीच सम्झौता

‘आइएमई पे’ र ‘ग्रीन–वे’बीच सम्झौता


काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई–पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन–वे) बीच सम्झौता भएको छ । नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न सहभागी हुने साइकल यात्रीलाई एक किमि साइकल यात्रा गरेबापत तीन हजार रूपैयाँ प्रदान गरिनेछ । सो रकम भुत्तानी गर्ने पेमेन्ट पार्टनर आईएमई–पे रहेको छ । साइकल सिटी नेटवर्क नेपाल (ग्रीन–वे) र आईएमई डिजिटल सोलुसन लिमिटेडबीच भएको सम्झौतापश्चात् अबदेखि ग्रीन–वेएपले आइएमई–पेमार्फत भुक्तानी सेवा प्रदान गर्नेछन् ।

उक्त कार्यक्रममा आईएमई डिजिटल सोलुसन लिमिटेडका व्यापार व्यवस्थापक प्रमुख आमोद भट्टराईले साइकल सिटी नेटवर्क नेपाल (ग्रीन–वे)को साइकल यात्रा प्रवर्द्धन अभियानलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) को हिस्साका रूपमा समर्थन गर्दै ‘आइएमई–पे’ को भुक्तानी सेवा सेवाग्राहीहरूले अधिकतम फाइदा लिनेमा आफू विश्वस्त रहेको बताए । यस्तै साइकल सिटी नेटवर्क नेपालको अध्यक्ष सैलेन्द्र डंगोलले साइकल यात्रा प्रवद्र्धन अभियानमा सहभागी साइकलयात्रीलाई आईएमई–पेमार्फत भुक्तानी गर्न सकिने हुँदा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र सोही एप प्रयोग गर्दा क्यास ब्याकको फाइदा पनि उठाउन सक्ने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x