Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधलामाबगर हुँदै चीनको सीमा जोड्ने सडक र जिरीमा कृत्रिम ताल निर्माण गर्न २५ करोड विनियोजन

लामाबगर हुँदै चीनको सीमा जोड्ने सडक र जिरीमा कृत्रिम ताल निर्माण गर्न २५ करोड विनियोजन


काठमाडौं । बागमती प्रदेश सरकारले दोलखाको लामाबगर हुँदै चीनको सीमा जोड्ने सडक र जिरीमा कृत्रिम ताल निर्माण गर्नको लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेशको प्रदेशसभामा बुधबार आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमरकट्टेलले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै उक्त योजनालाई बजेट विनियोजन गरेको जानकारी दिए । जिल्लाको विगू गाउँपालिकाको लामाबगर हुँदै चीनको सीमा जोड्ने सडक निर्माण तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको अध्ययनअनुसार उक्त नाका खुलाउन करिब डेढ अर्ब लाग्ने देखाएको छ ।

लामाबगर नाका खुलाएर दोलखा हुँदै रामेछाप, सिन्धुली बर्दिबास र भिटामोडसम्म जोडेर लामाबगर सितामढी चल्ने उत्तर दक्षिण जोडिने प्रमुख मार्गका रूपमा यो सडकलाई विकास गर्ने सरकारको योजना छ । त्यसैगरी प्रदेश सरकारले जिरीमा मानव निर्मित ताल निर्माणका लागि १५ करोड बजेट विनियोजन गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया