Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुका ग्रामीण भेगका महिलाहरूका लागि घर धान्ने गतिलो स्रोत बन्दै निगुरो

सोलुका ग्रामीण भेगका महिलाहरूका लागि घर धान्ने गतिलो स्रोत बन्दै निगुरो


सोलुखुम्बु । जंगलमा पाइने निगुरो सोलुखुम्बुका ग्रामीण भेगका महिलाका लागि घर धान्ने गतिलो स्रोत बन्न थालेको छ । जंगल तथा खोलाखाल्सीमा आफैँ उम्रिएको निगुरो बिक्रीबाट गृहिणीहरूले घरखर्चदेखि बालबालिकाको पढाइखर्च समेत धानिरहेका छन् ।

निगुरो बिक्रीबाट आएको आम्दानीले घरखर्च देखि बालबालिकाको पढाइखर्च समेत धान्ने गरेको माप्यदुधकोशी गाउँपालिका ५ काँकुकी ङिमा शेर्पाले बताइन् । फुर्सदको समय तथा गाईवस्तु चराउन जाँदा संकलन गर्ने निगुरो जिल्लाको विभिन्न स्थानमा लाग्ने साप्ताहिक हाट सम्म लगेर बिक्री गर्ने गरेका छन् । न्यून आय स्रोत भएकाहरूलाई वर्षामा उत्पादन हुने निगुरो बरदान नै सावित भएको छ । चारकोशे झाडीभित्र पाइने निगुरोको साग बेचेर धेरैले घरखर्च चलाउँदै आएका छन् ।

बिहान–बेलुकाको घरधन्दाबाट बचेको समय निगुरो टिपेर बेच्दा बालबच्चाको भरणपोषण र घरखर्च समेत चलाउन सजह भएको जोगराकी रिताकला सुनुवारको भनाइ छ । गाउँघरमै खपत हुनेगरेको निगुरो पछिल्लो समय क्रेताको रोजाइमा समेत पर्न थालेको छ । सोलुखुम्बुका धेरै गृहिणीदेखि बालबालिकाले समेत दैनिक खर्च जुटाउन यसरी नै निगुरो बेच्ने गरेका छन् । जंगलमा यतिकै खेर जाने वनस्पति निगुरोलाई आर्थिक आम्दानीसँग जोड्दा घरखर्च चलाउन सजिलो भएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया