चिल्ड्रेन भिजनद्वारा बालबालिकालाई न्यानो कपडा वितरण
काठमाडौं । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको चिल्ड्रेन भिजन नेपालले काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर १ र २ का विपन्न परिवारका स्कुले बालबालिकाहरुको लागि न्यानो कपडा वितरण गरेको छ ।
चिसो समयमा पातलो कपडा लगाएर विद्यालय जान बाध्य बालबालिकाहरुलाई चिसोबाट लाग्ने विभिन्न रोगहरुबाट बचाउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको चिल्ड्रेन भिजनले जनाएको छ । ‘हामीले निःशुल्क वितरण गरेको कपडाले तातो दिनुको साथै बालबालिकालाई निमोनिया, रुघाखोकी जस्ता रोग लाग्नबाट पनि बचाउने भएकाले ट्र्याकसुट वितरण गरिएको हो’, चिल्ड्रेन भिजनका अध्यक्ष रमेश सिलवालले भने, ‘बालबालिकाको क्षेत्रमा संस्थाले विगतदेखि नै सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना छ ।’
चिल्ड्रेन भिजनले हरेक वर्षको चिसो मौसममा विभिन्न क्षेत्रका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्दै आएको छ । संस्थाले गत वर्ष आर्थिक रुपमा विभिन्न, दलित परिवारका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको थियो । कपड वितरण कार्यक्रममा स्थानीयले संस्थालाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अन्ततः २१ सय ९४ बिन्दुमा खुम्चियो सेयर बजार
- नबिल बैंकका ग्राहकलाई शाओमी ब्रान्डका सामानको ईएमआई सुविधा
- रिलायन्स लाइफ इन्स्योरेन्स र सन्चो हस्पिटलबीच सम्झौता
- स्टान्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने
- विकासको नयाँ ढाँचा स्थापनामा चिनियाँ राष्ट्रपतिको जोड
- नेत्रज्योति संघलाई जापानले स्वास्थ्य उपकरण दियो
- म्याद सकियो, सकिएन कालोपत्र
- दोलखाको नाम्दुमा नामखालिङ् गुम्बा निर्माण
धेरैले पढेको
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- बैंकहरूको लागि होम लोन नै सुरक्षित
तपाईको प्रतिक्रिया