पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा दर्ता नगर्नुको कारण माग
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिगत बनाउने कार्यका निर्णयकर्ता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाएको बारे सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले यही असोज ७ गते आइतबार सरकारसँग १५ दिनभित्र लिखित जवाफ माग गरेको हो ।
वरिष्ठ अधिवक्ता नेउपानेले ललिता निवासमा पूर्वप्रधानमन्त्रीद्वयलाई उन्मुक्ति दिइएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले यसअघि दर्ता भएको दुईवटा रिट निवेदनलाई साथै राखी पेस गर्न पनि आदेश गरेको छ । सो रिट निवेदनमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध पुरक अभियोग दर्ता गर्न आदेश दिनुपर्ने माग गरिएको थियो ।
क्याटेगोरी : राजनिति
ताजा अपडेट
- मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया