Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशहेटौडा बिराट महायज्ञमा १० करोड दिप प्रज्वलन

हेटौडा बिराट महायज्ञमा १० करोड दिप प्रज्वलन


हेटौडा, महायज्ञको प्रभाब सामाजिक सदभाब भन्ने मूलधेयका साथ् हेटौडा उपमहानगरपालिका – १० स्थित गोरक्षेश्वरधामको नजिक रहको राप्तिको तटमा सवा १० करोड दिप प्रज्वलन गरिएको छ।

दिबंगत आफ्ना पितृको सम्झानामा मुक्तिनाथबाट ल्याइएको दिपबाट १० करोड दिप प्रज्वलन गरिएको हो। हेटौडाका स्थानीय लगायत चितवन,काठमाण्डौ र देशका अन्य ठाउबाट पनि भक्तजनहरुको उपस्थिति रहेको थियो। २०६० साल देखि प्रत्येक ५ बर्षमा हुदै आएको यो बिराट महायज्ञ यस बर्ष बैशाख २० गते देखि सुरु भएको थियो।बैशाख २६ गते सम्म रहने यो महायज्ञको पहिलो दिन हजारौ भक्तजनको उपस्थितिमा कलश यात्रा र बिभिन्न झाकी सहित हेटौडा बजार परिक्रमा गरिएको थियो।

२१ र २२ गते आरती पुजा पाठका साथै खैजडी भजन प्रतियोगिता रहेको थियो। २३ गते बिश्व शान्तिको कामना गर्दै हेटौडाबासीको समृद्दीको लागि बजार परिक्रमाका साथै मुक्तिनाथबाट ल्याइएको दिप बाट बजारका पाच चोकहरुमा दिप प्रज्वलन गरिएको थियो।

२४ गते बटुक हरुको सामुहिक ब्रतबन्ध गरिएको थियो भने २५ गते साँझ पितृमोक्षको लागि मुक्तिनाथबाट ल्याइएको दिपबाट सबा १० करोड दिप प्रज्वलन गरिएको हो। सोमबार आयोजिक उक्त कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले हरेक व्यक्ति सामाजिक रुपमा स्वतन्त्र रहेको बताउदै महायज्ञमा देखिएको बृहत उपस्थितिले हाम्रो समाज सामाजिक रुपमा एकताबद्द छ भन्ने संदेश दिएको र यसले एकता र सदभाब कायम राख्ने बताए।

मूल समारोहका संयोजक अजेयराज आयोजक मूल समारोहका संयोजक अजेयराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिब ,सचिबहरु ,बागमती प्रदेश मुख्यान्यायाधिबक्ता ,प्रमुख जिल्ला अधिकारी ,जिल्ला प्रहरी प्रमुख , सामाजिक ब्यक्तित्व लगायत बिभिन्न दल सम्बद्द जनप्रतिनिधिहरु र राजनीतिक व्यक्तित्वको उपस्थिति रहेको थियो।


क्याटेगोरी : बागमती प्रदेश

तपाईको प्रतिक्रिया