Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारचाडपर्वले हामीलाई विश्वमञ्चमा विशिष्ट पहिचान दिएको छ : प्रदेश प्रमुख शर्मा

चाडपर्वले हामीलाई विश्वमञ्चमा विशिष्ट पहिचान दिएको छ : प्रदेश प्रमुख शर्मा


मनहरी । ग्याल्पो ल्होसारको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रा परम्परा, कला र संस्कृतिले हामीलाई विश्वमञ्चमा विशिष्ट पहिचान दिएको बताएका छन् ।

शुभकामना सन्देशमा प्रमुख शर्माले आदिवासी शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होेसार पनि एक महत्वपूर्ण पर्व भएको बताए । प्रमुख शर्माले यर्समा पनि हाम्रा रोचक तथा मोहक चाडपर्वले हामीलाई थप समृद्ध बनाएको बताए ।

शुभकामना सन्देशमा प्रमुख शर्माले हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको उल्लेख गर्दै विविध विशेषताका कारण विश्वमान चित्रमा हाम्रो छुट्टै पहिचान बनेको बताएका छन् । उनले हाम्रो यो पहिचान निर्माणका लागि हाम्रा चाडपर्वको उल्लेखनीय भूमिका रहेको बताए ।

प्रमुख शर्माले शुभकामना सन्देशमा हाम्रो देशको संस्कृति संरक्षणका लागि यस्ता चाडपर्व कोसेढुङ्गा सावित हुनेछन् भन्ने आफूलाई पूर्ण विश्वास रहेको उल्लेख गरेका छन् । उनले यो पर्वले आपसी सद्भाव एवं सहिष्णुता कायम गर्दै र राष्ट्रिय एकता हासिल गर्न सघाउ पुर्याउँदै आएको बताएका छन् ।


क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया