Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशी प्रदेश : अपदस्थ मुख्यमन्त्री कार्की सर्वोच्चमा

कोशी प्रदेश : अपदस्थ मुख्यमन्त्री कार्की सर्वोच्चमा


काठमाडौं । कोशी प्रदेशमा सत्ता समिकरणको सँगै त्यहाँको राजनीतिले थप पेचिलो बन्ने देखिन्छ । अपदस्थमा परेका मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा रिट हाल्ने बताएसँग कोशी प्रदेशको राजनीतिले नयाँ मोड लिने देखिएको हो ।

कोशी प्रदेशमा नयाँ सरकाका लागि गरिएको आव्हान विरुद्ध मुख्यमन्त्री कार्की सर्वोच्च पुगेका हुन् । आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आव्हान गर्नु संविधानविपरीत भएको जिकिरसहित कार्कीले सर्वौच्चमा रिट दायर गरेका हुन् ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्गले २ दिनको समय सीमा दिएर हिजो अबेर राति संविधानको धारा १६८ (५) अन्तर्गत नयाँ सरकार गठनको आव्हान गरेका थिए ।

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले निर्देशनसहित समय सीमा दिएको थियो । उक्त प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए । तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा कार्की रहेपछि एमाले माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए । १६८ (५) अन्तर्गत आफू मुख्यमन्त्री नियुक्त भएकाले एकपटक विश्वासको मत लिएपछि २ वर्षसम्म लिनुपर्ने कार्कीको जिकिर छ ।


क्याटेगोरी : राजनिति, कोशी प्रदेश

तपाईको प्रतिक्रिया