काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ५० अङ्कले ओरालो लागेर दुई हजार ८५ दशमलव ८२ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूच्क तीन दशमलव ८९ अङ्कले ओरालो लागेर तीन सय ७४ दशमलव ७५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आइतबार तीन उपसमूहको शेयर मूल्य उकालो लाग्दा १० उपसमूहको शेयर मूल्य भने ओरालो लागेको छ ।
विभिन्न कम्पनीका एक करोड पाँच लाख ७१ हजार एक सय ९९ कित्ता शेयर रु चार अर्ब आठ करोड ५६ लाख ७८ हजार चार सय ७२ मूल्यमा खरिद बिक्री भएका छन् । राससका अनुसार कारोबारका आधारमा हिमालयनल रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको ६२ करोड ४७ लाख ८५ हजार तीन सय ६८ बराबरको कारोबार भयो ।
एनआरएन इन्स्फास्ट्रचर १२ करोड चार लाख ३४ हजार चार सय ३७, हिमालयन डिस्टिलरी नौ करोड २३ लाख २६ हजार तीन सय ८८, एनआइसी एशिया बैंक आठ करोड ४२ लाख चार हजार तीन सय ३२ र हाथवे इन्भेस्टमेन्ट आठ करोड ३० लाख ७७ हजार सात सय तीन मूल्यमा कारोबार भई शीषर्ए पाँच भित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार समाज लघुवित्त र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्रिशुली जलविद्युत् कम्पनी छ दशमलव ४१,दोर्दी खोला जल विद्युत् कम्पनी पाँच दशमलव शुन्य आठ र माया खोला हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ९० प्रतिशतले कमाएका छन् ।
यस्तै, एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो १०, युनिलिभर नेपाल सात दशमलव १४, गुराँस लघुवित्त सात दशमलव १३, गणपति लघुवित्त चार दशमलव ६६ र किसान लघुवित्तका लगानीकर्ताले चार दशमलव ४७ प्रतिशतले गुमाएका छन् ।
क्याटेगोरी : शेयर बजार
ताजा अपडेट
- ‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’
- लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध
- ‘हेलो सरकार, खाजा खाएर कर्मचारी फर्किएनन्’
- सिरियामा विभिन्न ठाउँमा इजरेली हवाई आक्रमण, कम्तीमा १६ जनाको मृत्यु
- सौर्य एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उठाएका प्रश्न र गरेका सिफारिस
- आगामी १५ दिन सम्मका लागि बन्दीपुर केबलकार बन्द
- ‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’
- ‘मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले गठबन्धन भएको हो’
धेरैले पढेको
- भौतिक मन्त्रालयकै पूर्वसहसचिव घुस दिएर ‘लाइसेन्स’ लिन बाध्य
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया