Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजार१९ सय ६० बिन्दुमा खुम्चियो सेयर बजार

१९ सय ६० बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक ११ दशमलव ७८ अंकले ओरालो लागेर १९ सय ६० दशमलव ३० बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९२ अंकले ओरालो लागेर तीन सय ४९ दशमलव ७३ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय नौं वटा कम्पनीहरुको ४५ हजार चार सय ४२ पटक सेयर किनबेच भएको छ । सो अनुसार आज ५५ लाख ७४ हजार दुई सय सात कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ रुपैंयाँ कायम भएको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । सो मध्ये आज होटल तथा पर्यटन र उत्पादनमुलक उपसमुहको सुचक उकालो लागेपनि बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया