Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारचार दशमलव ७८ अंकले उक्लियो सेयर बजार

चार दशमलव ७८ अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन १० दशमलव ७३ अंंकले ओरालो लागेको बजार परिसुचक नेप्से आज बिहिबार चार दशमलव ७८ अंकले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ३६ अंकले ओरालो लागेर तीन सय ५९ दशमलव शुन्य नौं बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १३ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ५३ हजार छ सय १९ पटकको कारोबारमा ६६ लाख १४ हजार चार सय ४५ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ६५ करोड ३३ लाख ४९ हजार चार सय ६८ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहरुको सेयर कारोबार भएकोमा बाणिज्य बैंक, होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा र ट्रेडिङ समुहहरुको सुचक ओरालो लागेको छन भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य उपसमुहको सुचक उकालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया