Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठशेयर बजारदोहोरो अंकले ओरालो लाग्यो सेयर बजार

दोहोरो अंकले ओरालो लाग्यो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) दोहोरो अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक १७ दशमलव ३० अंकले ओरालो लागेर दुई हजार १८ दशमलव ३३ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५१ अंकले ओरालो लागेर तीन सय ५६ दशमलव ५८ बिन्दुमा खुम्चिएको छ ।

धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको ६७ हजार ४४ पटक सेयर किनबेच भएको छ । जसबाट आज ७९ लाख ५७ हजार छ सय ५९ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब २० करोड ५३ लाख ३२ हजार तीन सय २४ रुपैंयाँ पुगेको छ ।

धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा उपसमुहको सुचक उकालो लागेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : शेयर बजार

तपाईको प्रतिक्रिया