Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिशेषव्यापारीको खर्चमा प्रचण्ड पुत्री द्वय किन पुगे युएई ?

व्यापारीको खर्चमा प्रचण्ड पुत्री द्वय किन पुगे युएई ?


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालका दुई छोरीहरु व्यापारीको लगानीमा गत १६ गते रहस्यमय ढंगले युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका छन् ।

प्रचण्ड पुत्री द्वय रेणु दाहाल र गंगा दाहाल सहित ४ जना १६ गते सबा ९ बजे राति फ्लाई दुबईको जहाजबाट युएई गएका थिए र आज बुधवार बिहान ५ जना फर्किएका छन् । तर उनीहरु व्यापारिको खर्चमा किन गए र उनीहरु के गरेर फर्किए भन्ने कतै खुलाइएको छैन ।

प्रचण्ड पुत्री रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर हुन् भने अर्की छोरी गंगा दाहाल प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिव हुन् । उनीहरुको युएई भ्रमणको कुनै औपचारिक कार्यक्रम सार्वजनिक भएको थिएन् । मेयर दाहालको युएई भ्रमण भरतपुर महानगरपालिकाले कुनै औपचारिक कार्यक्रममा भएको जनाएको थिएन् ।

प्रधानमन्त्री दाहालको सचिवालयले पनि प्रमुख स्वकीय सचिव गंगा दाहालको युएई भ्रमणको सार्वजनिक रुपमा जानकारी गराएको छैन् । तर व्यापारीद्वय गोकुल भण्डारी र रत्न भण्डारीले प्रधानमन्त्री पुत्री द्वयलाई लिएर व्यापारिक स्वार्थका लागि युएई पु¥याएको समाचार स्रोतको दाबी छ ।

पञ्चायतकालीन अन्तिम प्रधानमन्त्री मरीचमान सिंह श्रेष्ठकी छोरी रश्मी सिंह श्रेष्ठ निरौलालाई यसैगरी व्यापारी उमेश श्रेष्ठले २०४३ सालमा मरीचमान प्रधानमन्त्री भएको बेला सिंगापुर भ्रमणमा लगेका थिए र त्यहाँबाट फर्कदा रस्मीको नाममा दुईवटा सुटकेश भन्सार जाँच नगराई भित्रयाएका थिए । त्यसपछि उमेश श्रेष्ठ धनी मानिस हुन थालेका हुन् ।

२०४६ सालको जनआन्दोलनमा आन्दोलनकारीले लखेटेपछि उमेशले मरिचमानलाई आफ्नो स्कूल लिटिल एन्जेल्समा लगेर लुकाएका थिए । अहिले उनी नेपाली कांग्रेका प्रभावशाली नेता एवं नवधनाढ्य व्यापारी बनेका छन् । अहिले प्रधानमन्त्री प्रचण्ड पुत्री द्वयलाई पनि त्यही घटना सम्झाउने गरी व्यापारीले युएई सपीङ भ्रमण लगेका हुन् ।


क्याटेगोरी : बिशेष, सुलसुले

तपाईको प्रतिक्रिया