Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षानेसनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी

नेसनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी


काठमाडौं । नेसनल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा शाहनवाज अन्सारी नियुक्त भएका छन् । कलेजको बोर्ड बैठकले शाहनवाज अन्सारीलाई आगामी पाँच वर्षका लागि प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो ।

गत फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले शाहनवाज अन्सारीलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको कलेजले जनाएको छ । अन्सारी यसअघि कलेजको निर्देशक भएर कार्यरत थिए । प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै शाहनवाज अन्सारीले नेसनल मेडिकल कलेजको स्वास्थ्य सेवा र मेडिकल शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लैजाने बताए । मधेश प्रदेशकै ठूलो स्वास्थ्य संस्थाका रूपमा रहेको नेसनल मेडिकल कलेज मधेश प्रदेशका जनताको स्वास्थ्यको भसोराको केन्द्र रहेको तथा सीमावर्ती भारतीय नागरिकको स्वास्थ्योपचारको समेत केन्द्रविन्दु रहेकाले उनीहरूको आस्था र भसोरालाई अझ बलियो बनाउन आफू लागिपर्ने उनले बताए । उनी कलेजका अध्यक्ष प्राडा जैनुद्दिन अन्सारीका छोरा हुन् ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया