Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षानामीका विद्यार्थी दीक्षित

नामीका विद्यार्थी दीक्षित


काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा (नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्स्टिच्युट) नामीमा दीक्षान्त समारोह सम्पन्न भएको छ । बेलायतको युनिभर्सिटी अफ नर्थह्याम्पटनबाट सम्बन्धन प्राप्त गरेको नामीले मंगलबार स्नातक तहको दीक्षान्त समारोह आयोजना गरेको हो ।

उक्त समारोहमा स्नातक तहमा २०२० मा भर्ना भएका विद्यार्थीहरू दीक्षित भएका छन् । दीक्षान्तमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेटिभ (बीबीए), बीएस्सी इन्भायरोन्मेन्ट साइनस, बीएस्सी कम्प्युटिङ, सफ्टवेयर इन्जिनियरिङ र नेटवर्क इन्जिनियरिङका एक सय २० विद्यार्थी सहभागी भएका थिए । दीक्षित विद्यार्थीलाई नेपालका लागि मित्रराष्ट्र बेलायतका राजदूत रब फेन्नले स्नातक उपाधि हस्तान्तरण गरेका थिए । नामीमा अध्ययन गर्ने विद्यार्थीले विश्वका उत्कृष्टमध्येमा पर्ने बेलायती विश्वविद्यालयको शैक्षिक कार्यक्रममा सहभागी भई डिग्री हासिल गर्न पाउँछन् ।

नामीमा राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको प्लस टु, जीसीई ए लेभल, बीएस्सी कम्प्युटिङ, एमएस्सी कम्प्युटिङ, बीएस्सी सफ्टवेयर इन्जिनियरिङ, बीएससी इन्भायरोन्मेन्टल साइन्स, बीबीए, बिएस्सी नेटवर्क इन्जिनियरिङजस्ता शैक्षिक कार्यक्रम सञ्चालित छन् ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया