Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशछुरा प्रहार गरी हत्या अभियोगमा १२ जना पक्राउ

छुरा प्रहार गरी हत्या अभियोगमा १२ जना पक्राउ


झापा । ईलाम चुलाचुली गाउँपालिका–३ बस्ने ३८ वर्षीय गोविन्द लिम्बुको छुरा प्रहारबाट हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । लिम्बु झापास्थित दमक नगरपालिका–१ कुमाल चोकस्थित रूवेल माछा फ्राई एण्ड रोष्ट हाउसमा बस्दै आएका थिए ।

पक्राउ पर्नेहरूमा उक्त रोष्ट हाउसका संचालक विशाल कुमाल, दमक नगरपालिका बस्ने २२ वर्षीय सनम राई, २२ वर्षीय आनन्द भन्ने राज कुमार भुजेल, २५ वर्षीय नामुद थेव, २६ वर्षीय आकाश केरुङ, २३ वर्षीय राहुल श्रेष्ठ, मोरङ कानेपोखरी गाउँपालिका बस्ने २८ वर्षीय सलमान लिम्बु, ईलाम चुलाचुली गाउँपालिका बस्ने ३१ वर्षीय सन्दिप राई, ३८ वर्षीय सूर्य केरुङ र ३८ वर्षीय उपेन्द्र राई, झापा दमक नगरपालिका बस्ने १८ वर्षीय किशोर र मोरङ बिराटनगर महानगरपालिका बस्ने २९ वर्षीय मफुद मिया रहेका छन् ।

उक्त रोष्ट हाउसमा असोज १२ गते बिहान सनम राईसमेत १० जना मादक पदार्थ सेवन गरी विवाद हुँदा सनम राईले लुकाई राखेको छुराले गोविन्दलाई प्रहार गरी हत्या गरी फरार भएका थिए । घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्ने क्रममा तत्काल खटिएको प्रहरीले सोही दिन ८ जनालाई, थप अनुसन्धानको क्रममा मोरङ उर्लाबारी नगरपालिका–१ टप्पु टोल उर्लाबारी–मधुमल्ला सडकमा प्र.१–०१–०१२ प २९५३ नम्बरको मोटरसाइकल रोकी राखेको अवस्थामा ३ जनालाई र घटनामा प्रयोग भएको छुरा व्यवस्थापन गर्न सहयोग पुर्याउने मियालाई समेत पक्राउ गरेको हो ।

उक्त हतियार सोही महानगरपालिका– ९ स्थित रोड शिक्षादिप कलेजको पार्किङ छेउमा रहेको झाडीबाट बरामद भएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।


क्याटेगोरी : सुरक्षा अपराध, कोशी प्रदेश

तपाईको प्रतिक्रिया