Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीवीरमा क्यान्सरको अत्याधुनिक उपचार

वीरमा क्यान्सरको अत्याधुनिक उपचार


काठमाडौं । वीर अस्पतालले नेपालमा पहिलो पटक क्यान्सरको विकिरण उपचारका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ जडान गरेको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले नेपालमा पहिलो पटक क्यान्सरको कोषिका (सेल) मार्नका लागि अत्याधुनिक उपकरण ‘टोमोथेरापी’बाट सेवा सुरु गरिएको बताए ।

अस्पतालमा यसअघि आठ वर्षअघि क्यान्सरको विकिरणको उपचारका लागि रेडियोथेपारी सेवा सञ्चालन गरिएको थियो । क्लिनिक अङ्कोलोजी विभागका प्रमुख प्राडा विवेक आचार्यले अहिले आंशिकरूपमा सञ्चालन गरिएको बताए । उनका अनुसार अहिले दुईजना बिरामीलाई क्यान्सरको विकिरणको उपचार भइरहेको छ ।

‘अहिले हामीले राम्रोसँग उपकरणलाई व्यवस्थितरूपमा चलाउन नसकेर एक जना बिरामीलाई ४५ मिनेट तयारी अवस्थामा समय लाग्ने गर्दछ’, उनले भने, ‘पछि हामीले उपकरणलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सक्यो भने १० मिनेटमा नै बिरामीलाई तयारी अवस्थामा राख्ने सक्दछौँ ।’

क्लिनिक अङ्कोलोजी विभागका प्रमुख प्राडा आचार्यका अनुसार उपकरण चलाउन दक्ष भइसकेपछि बिहान ७ देखि साँझ ७ बजेसम्म दैनिक ५० जना बिरामीको उपचार गरिनेछ । ‘अत्याधुनिक उपकरण टोमोथेरापीमा रहेको विकिरणले घुमाई–घुमाई बिरामीमा भएको क्यान्सरको सेल र सामान्य सेललाई मार्ने गर्दछ बचाउने गरिन्छ’, उनले भने, ‘विकिरणले क्यान्सरको सेललाई हाई डोज दिएर मार्ने तर सामान्य सेललाई कम डोज दिएर बचाउने गर्नुपर्दछ ।’

अस्पतालमा उपचारका लागि एक लाख ५० हजार रुपैयाँ खर्च हुने र भारतमा सोही प्रकारको उपचार गरेबापत पाँच लाख रुपैयाँसम्म खर्च हुने उनको भनाइ छ । नेपालका ३० प्रतिशत क्यान्सरका बिरामी उक्त सेवा लिन भारत जाने गर्दछन् । उनले सयजना बिरामीमध्ये ६० जना बिरामीलाई कुनै न कुनै विकिरणबाट उपचार गर्नुपर्ने बताए । उनले गरिबी, असहाय विपन्न नागरिकलाई निःशुल्क उपचार गर्ने बताए ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ट्याग : #page 2

तपाईको प्रतिक्रिया