Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठस्वास्थ्य / जिवनशैलीस्वास्थ्य क्षेत्रमा मुलुकले फड्को मारेको छ : नेता सिंह

स्वास्थ्य क्षेत्रमा मुलुकले फड्को मारेको छ : नेता सिंह


काठमाडौँ । छत्रपाटी नि:शुल्क चिकित्सालय अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताएका छन् ।

सो अवसरमा मंगलबार उनले २०४६ सालको परिवर्तनपछि नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताएका हुन् । उनले छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताल स्थापनाका लागि तत्कालिन मन्त्री, स्वर्गीय गणेशमान सिंह र क्षेत्रपाटी क्षेत्रका जनताको महत्वपूर्ण भूमिका रहेको स्मरण गरे ।

उक्त चिकित्सालयले क्षेत्रपाटी क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्नेमा उनले जोड दिए । छत्रपाटी चिकित्सालयको जमिन तत्कालिन नगरपालिकासँग कुरा गरेर सरकारले चिकित्सालयलाई उपलब्ध गराउन गणेशमान सिंहको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता एवम् वडा नं १७ का अध्यक्ष नविन मानन्धरले चिकित्सालयको विकासमा महानगरले सहयोग गर्ने विश्वास व्यक्त गरे।कार्यक्रममा सो चिकित्सालयमा पाँच र दश वर्ष अनवरतरुपमा सेवा प्रदान गर्ने कर्मचारी र सेवानिवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो ।


क्याटेगोरी : स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया