Techie IT
×
गृहपृष्ठविचारभर्चुअल कक्षा र निजी शिक्षा प्रणालीको पिरलो

भर्चुअल कक्षा र निजी शिक्षा प्रणालीको पिरलो


काठमाडौँ ।

कोरोनापछि स्कुल कलेजहरू बन्द भए । विद्यार्थीलार्ई केही महिना त पक्कै आनन्द आयो नै होला तर यही आनन्द केही महिनापछि पिरमा र लक्ष्यहीन यात्रा अनि अनिश्चित भविष्यतर्फ दौडन थाल्यो । करिब ८ महिना छोराछोरीको भविष्य के हुने हो भनेर खपिनसक्नु हुन थाल्यो बाबुआमालाई । लकडाउन सुरु भएको करिब ४ महिनापछि निजी स्कुलहरूले अनलाइन कक्षा सञ्चालन गर्ने स्वघोषणा गर्न थाले ।

यसमा स्कुल लेभलका सानातिना विद्यार्थीमा अनलाइन क्लास विल्कुलै नौलो र अनौठो विषय पनि थियो । तर सानैदेखि मोबाइलमा गेम खेल्न थालिसकेका खास गरेर सहरी इलाकाका र निजी बोर्डिङ पढ्ने विद्यार्थीलार्ई गाह्रो भएन । अनलाइन कक्षा सञ्चालन गरेको केही दिनमै विद्यार्थी अभ्यस्त भए । बरु विनातालिम भर्चुअल कक्षा सञ्चालन गर्नुपर्दा शिक्षकरुलाई गाह्रो भयो ।

अहिले निजी बोर्डिङमा अध्ययन गर्ने इन्टरनेटको पहुँच भएको सहरी क्षेत्रका ७० प्रतिशत विद्यार्थीले भर्चुअल कक्षाबाट अध्ययन गरिरहेका छन्् । कम्प्युटरको विविध एप्लिकेसन नेपाली भाषा बुझ्दैन । कम्पुटर राम्रो जान्नलाई अंग्रेजीमा मिनिमम दक्षता हुनैपर्छ । लकडाउनपछि नेपालको शिक्षा धेरै खस्किएको छ । स्कुलबाट लिइने भर्चुअल पढाइको केवल फी उठाउने बहाना बहस मात्रै हो ।

विद्यार्थीमा गुणात्मक सुधार आएको छैन । यो अनलाइन पढाइ डिग्री लेभलका विद्यार्थीलार्ई त फाइदाजनक होला तर स्कुल लेभलका विद्यार्थीले लाभ लिन सकिरहेका छैनन् । अब निजीका विद्यार्थी त सक्षम होलान् तर ती अधिकांश भाइबहिनी जो सुदूर गाउँमा पढ्छन् जहाँ इन्टरनेट केहो थाहानै छैन तिन्ले के गर्लान ? । निजी बाट एस इ इ पास गरेका विद्यार्थीले नेपाल सरकारले दिने छात्रवृत्ति पनि नपाउने र राज्यले दिने सुविधा पनि नपाउने ।

सरकारले कित आफ्नो नियन्त्रणमा रहेको शिक्षालार्ई व्यापारीकरण नगर्न प¥यो कि सबै निजी बोर्डिङ स्कुललार्ई र सरकारी स्कुललार्ई गुठीमा परिवर्तन गर्न प¥यो । अभिभावक आफैँ अन्योलमा छन् यतिबेला । सरकारी स्कुलमा पढाइ गतिलो नहुने अनि निजीमा पढायो, पछि सरकारी सुविधाबाट वञ्चित हुने । यो प्रवृत्तिले के भन्न खोजेको के गर्न खोजेको बुझिएको छैन ।

अहिले ७ कक्षासम्म निजीमा पढाउने र ८ कक्षाबाट सरकारी स्कुलमा आफ्ना छोराछोरी भर्ना गर्ने प्रवृत्तिले गर्दा सहरका आधिकांश विद्यार्थीहरू अलमलिएको अवस्थामा छन् । यस्ले गर्दा शिक्षामा पर्याप्त मात्रामा गुणात्मक सुधार आउन सकेको छैन ।

निजी स्कुलबाट सेन्टअप भएका विद्यार्थीलार्ई भात पकाउँदा पानी अड्कल्न आउँदैन । घरमा कोही पाहुना आए भने कोठाभित्र लुक्ने र मोबाइल खेलाएर बस्ने प्रवृत्ति बढ्न थालेको छ । यो सबै बोर्डिङ शिक्षाको कमाल हो । निजीले अंग्रेजीकरण ग¥यो नेपालको शैक्षिक प्रणालीलार्ई र विद्यार्थीहरू पश्चिमी परस्त भए । त्रेता युगमा सत्यको साथ दिने रावणका भाइ बिभिषण श्रीलंकाली जनताको नजरमा देशद्रोही हुन् ।

आफ्नै सहोदर दाजु लंकाधिपति रावणको विरुद्धमा लागेर बध गराउने गुप्त योजनाको योजनाकार थिए विभीषण । सत्य समयसापेक्ष हुन्छ कि हुन्न भनेर सोच्न बाध्य गराउने एउटा त्रासदीपूर्ण घटना थियो त्रेतायुगको रावण र रामबीचको युद्ध । अहिले हामी जुन शैक्षिक योग्यताको डिग्री लिइरहेका छौँ त्यसले देशभक्त नागरिक होइन असंख्य विभीषणहरू जन्माइरहेको छ । अहिलेको शिक्षण विधि र बोर्डिङ स्कुलहरूलाई म विभीषणहरू जन्माउने कारखाना भन्छु ।
एउटा बच्चा लगभग जन्मेको तीन वर्षबाट अहिलेको आधुनिक बोर्डिङ स्कुल धाउन थाल्छ । उसलार्ई सुरुदेखि अंग्रेज र अंग्रेजी ठूलो हो भनेर घोकाउन थालिन्छ ।

स्कुल प्रवेशपछि उसले आफ्नो मातृभाषा बोल्न पाउँदैन मानौँ स्कुल भनेको एउटा अमेरिकी भाषा सिक्ने इन्स्टिच्युट हो । अंग्रेजी भाषाको लोभ देखाएर अभिभावक लुट्नु नेपाल अधिराज्यमा खोलिएका प्राय सबै स्कुलहरूको अभीष्टता हो । चाहे सुदूरपूर्व पाँचथरमा खोलिएको बोर्डिङ स्कुल होस् वा चाहे सुदूरपश्चिम कैलाली कंचनपुरमा खोलिएको बोर्डिङ स्कुल होस् । अंग्रेजीमा बोल, अंग्रेजीमा निदाउनु, अंग्रेजीमा सपना देख, अंग्रेजीमा खाऊ, अंग्रेजीमै प्रेम गर र अंग्रेजीमै बाँच भन्ने गुरुमन्त्र नेपाली विद्यार्थीको जन्मजातदेखि रगतमा घोलिन थाल्छ । यात उसको पाठ्यसामग्रीमा भारतको विषय सामग्री हुन्छ या अमेरिकी । अनि गौतम बुद्ध नेपालमा होइन भारतमा जन्मिएका हुन् भनेर तिनै विदेश प्रभावित बोर्डिङ स्कुलले नै सिकाउन थाल्छन् ।

बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म तपाईंका नानीहरूलार्ई अंग्रेजीको दबदबा रहन्छ र बेलुकी होमवर्क पनि अंग्रेजीमै हुन्छ । अनि अभिवाकहरूलाई पनि तपाईंका नानीहरूसँग बोल्दा अंग्रेजी भाषामै कुरा गर्नुस् है नत्र बिग्रीएलान बच्चा भनेर वशीकरणमा पारिन्छ । यी सबै विभीषण तयार पार्ने गुरुयोजना हुन अरु केही होइन । अधिकांश बोर्डिङ पढ्ने बच्चाहरू घरमा अभिभावकहरूसँग नेपाली बोल्दा पनि आधा अंग्रेजी मिसाएर बोल्छन् र अब यसो हुँदै जाने हो भने नेपाली भाषा पुस्तान्तर हुँदा लोप भएर जाने अवस्थामा पुगिसकेको छ ।

आगन्तुक शब्दको भरमार उपयोग र तत्सम शब्दको उपयोग लोपुन्मुख रहनुले नेपाली भाषाप्रति राज्यले चिन्ता लिनुपर्ने अवस्था आइसकेको छ । बिगत बिसौँ वर्षदेखि नेपाली भाषीहरू मुलुकबाहिर काम गर्न जाने र उतैको स्थानीय भाषा जान्नुपर्ने बाध्य रहेकोले पनि नेपाली भाषामाथि प्रत्यक्ष आक्रमण प्रत्याक्रमण भइरहेको छ यो आफैँमा चिन्ताको विषय हो ।
शिक्षा सेवा हो कि व्यापार हो ? स्वस्थ्य सेवा हो कि व्यापार हो ? यदि सरकारले जिम्मेवारी लिने हो भने यी दुवै सेवा हुन र यदि दुवैलार्ई सरकारले नियन्त्रणमा नलिने हो भने यो पूर्णरूपमा व्यापार हो । व्यापार भैसकेको अवस्थामा यो नाफामुखी प्रवृत्तिबाट धमिलिन्छ ।

युरोपेली मुलुकमा स्वस्थ्य र शिक्षा सरकारको मातहत हुन्छ । त्यहाँ स्वास्थ निःशुल्क छ शिक्षा पनि निःशुल्क छ । जब नागरिकले काम गर्छ अनि त्यसबाट उसले कर लिन्छ र त्यही करको बाबजुद त्यहाँको जनताले शिक्षा र स्वास्थ्य निःशुल्क उपयोग गर्न पाउँछन्् । युग जतिसुकै परिवर्तन भए पनि हाम्रोमा त्यो दिन आउन सकेन । हाम्रोमा शिक्षा व्यापारको रूपमा फस्टाएर गयो । दिनानुदिन बोर्डिङ स्कुलहरूको दादागिरी पÞmैलिने अवस्थामा छ । सरकारी स्कुलहरूलाई नियोजित ढंगबाट सिध्याउन लागिपरेका छन् बोर्डिङ स्कुल चलाएर बसेका व्यापारीहरू । बोर्डिङ स्कुलका व्यापारीलार्ई शिक्षामा लगानी गरेको सेवा गरेको सामाजिक काम गरेको भनेर सभासद बनाइन्छ जब कि उसले लाखौँ अभिभावकलार्ई घरबारविहीन बनाइसकेको हुन्छ ।

अबको केही महिनामा नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । कोरोनाको कारण अलिक ढिला होला त्यो बेग्लै कुरा हो । अनि सबै बोर्डिङ स्कुलहरूलाई बाली भित्र्याउन भ्याइनभ्याइ छ । बाली भित्र्याइ पनि एक लाखदेखि डेढ लाखसम्मको हुन्छ । बिचरो पहाडको एउटा किसानले वर्षभरि खेतमा प्राण मिसाउँदा पन्ध्र हजार बचाउन सक्तैन तर बोर्डिङका जिम्मुवालहरू एकैपटक एक सिजनमा एक दुई करोडको लाभ लिन्छन् यो कस्तो दादागिरी हो सरकार ! किन दिउँसै लुटिन्छ यहाँ ? के नीति बनाउन सकिँदैन ?

विद्यार्थीबाट लुटने, आफू चिल्लो गाडी चढ्ने, दैनिक भोज गर्ने, मोज गर्ने तर विद्यार्थीले पानी खाने जारमा लेउ लागेको, प्रोजेक्टरको रिमोट बिग्रेको मेच भाँचिएको शौचालयमा दुर्गन्ध फैलिएको समेत नबनाउने र विद्यार्थीलार्ई धम्क्याउने प्रवृत्ति फैलिँदो छ । स्कुलको कर्तुत बाहिर आउँदैन । बाहिर आयो भने तिनै निरिह विद्यार्थीलार्ई निष्कासन गरिदिने धम्की हुन्छ । क्यानटिनबाट समेत कमिसन उठाउने चलन छ यहाँ तर सबै जना शव भएर बसेका छन् । विद्यार्थीलार्ई भेदभावपूर्ण व्यवहार गरिन्छ यहाँ ।

विद्यालय र कलेजमा युनिफर्मको नाउमा समेत कमिसन चलिरहेको छ । शैक्षिक सत्रदेखि नै यहाँ दलालीको दलदलमा लाखौँ अभिभावक फसिरहेका छन् । किताबदेखि टाइसम्म, युनिफर्मदेखि व्याचसम्म कमिसन खान्छन्, नेपालका निजी बोर्डिङ र कलेजहरूले । कलेजले कलेजो खाइरहेको हेरिरहेछ सरकारले । कहीँ कतै नियन्त्रणको, नियमनको विधि छैन । लुट्नसम्म लुटने अनि कलेजका प्रिन्सिपल भाइस प्रिन्सिपल फुट्ने फेरि ठग्ने अर्कै स्कुल खोल्ने यो श्रृङ्खला अनवरत छ ।
पैसा तिरेअनुसारको भौतिक सुविधा उपलब्धता गराउन नसक्नु अर्को एउटा थप दादागिरी हो । यो उहाँहरूले जानाजान गराइरहनु भएको छ ।

किताब उहाँहरूले भनेको स्टेशनरीबाट किन्नुपर्ने, युनिफर्म उहाहरूले तोकेको टेलरिङबाट सिलाउनु पर्ने र घरैबाट आफ्ना अभिभावकले बनाएर पठाइदिएको खाजा खान नपाउने नियम बोर्डिङ स्कुलहरूले राखेका छन् यो अर्को दादागिरी हो । लुगाफाटो किताब, कापी, खाना, पानी सबैमा उहाँहरूकै नियमन उहाँहरूकै दादागिरी गजब छ बा !
यो लेखकले केही कलेज र निजी बोर्डिङ स्कुलमा त्यहाँको प्रशासन र त्यहाँको व्यवस्थापनसम्बन्धी अध्ययन गरेको थियो । एउटा राम्रो सग आफ्नै लुगा लगाउन नसक्ने निरिह विद्यार्थीबाट हरेक महिना तीन हजार कम्प्युटर फी भनेर उठाउनु कति अपराध हो ? जब कि त्यो बच्चालार्ई माउस पनि चलाउन आउँदैन ।

पुस्तकालय शुल्क भनेर हरेक महिना पच्चीस सय रुपैयाँ शुल्क लिइएको छ, जब त्यहाँका पुस्तकालयमा इसाई धर्मका पुस्तकबाहेक केही देखिएन । मोजा, जुत्ता, पेटीदेखि ओखतीका नाउँमा उठाइएका अतिरिक्त शुल्क हेर्दा धिक्कार्न मन लाग्छ यहाँको व्यथिति प्रशासनलार्ई । निजी बोर्डिङ र निजी कलेजले नेपालीको अस्मितामाथि धावा बोलिरहेका छन् । धर्म परिवर्तन गराउने गैरसंवैधानिक क्रियाकलापसम्म त्यहाँ हुने गर्छन् । हामी शिक्षामा अर्बांै लगानी गरेर किन मुलुकविरुद्ध उद्यत हुने विभीषण जन्माइरहेका छौँ, सबैलार्ई चेतना हुनु जरुरी भैसकेको छ । हामीलार्ई राष्ट्रसेवक चाहिएको छ न कि जान्नेबुझ्ने ज्ञान प्राप्तपछि विदेशीको गुलाम बन्न जाने विभीषण ।

अहिलेका बोर्डिङ स्कुलका सबै उत्पादनहरू नेपालमा कोही छैनन् । किनकि उनीहरूलार्ई नेपाल बसेर केही हुँदैन तिमीहरूको भविष्य भनेको अमेरिका हो वा अस्ट्रेलिया वा युरोप नै हो भनेर रगतमा इन्जेक्सन हालिएको हुन्छ र एसईई सकिनासाथ ऊ विदेशको लागि तयारी गर्न थाल्छ । ऊ नेपालप्रति यति वाक्क हुन्छ कि नेपाल भनेको त गरिब बस्ने कहिले पनि विकास नहुने कुनै पनि सुविधा नभएको आदिवासी बस्ने ओडार हो भनेर उसलार्ई हिजोदेखि नै त्यही शिक्षा दिइएको हुन्छ । बाहिर एकछिन् लाइनमा राखेर सयौं थुङ्गा फूलाका हामी एउटै माला नेपाली गाउन लगाइन्छ तर कक्षा कोठाभित्र पसेपछि भारतको रास्ट्रपति, अमेरिकी रास्ट्रपतिका बारेमा अध्ययन हुन थाल्छ । अनि त्यहीँबाट विभीषणको अवतार हुन थाल्छ । हिन्दू राज्य नभनेर धर्म निरपेक्ष राष्ट्र बनाइनुको पछाडि अंग्रेजी धर्म संस्कृतिको दबाब पनि एक कारक हो र बोर्डिङ स्कुल त्यही संस्कृति उत्पादन गर्ने करखाना हुन् ।

नेपालीहरूको अस्मिता लोपोन्मुख हुँदै जानुको पछाडि बोर्डिङ स्कुलरुको बुर्जुवा शिक्षा मुख्य कारक हो । नेपाली भावना नेपाली संस्कृतिमाथि आफ्ना नानीहरूलाई माया गर्न सिकाउन सकिएन भने आफ्नै लासको सदगती गर्ने मानिस पनि नहोला भोलि  । मेरो एउटा साथी छन् । एसएलसीमा तीन पटक अनुत्तीर्ण भएर पछि भारतबाट प्रमाणपत्र आयात गर्नुभो र पछि राजनीति शास्त्रमा एमए गर्नुभो । अहिले बोर्डिङ स्कुलका मालिक । हरेक बोर्डिङ स्कुलले कुनै न कुनै राजनीतिक पार्टीको छाता ओढेका हुन्छन् र भोलि केही अप्ठ्यारो स्तिथि प¥यो भने तिनै पार्टीका नेताले बचावट गरिदिन्छन् । हामीले अहिले हाम्रा छोराछोरीलार्ई दिइरहेको शिक्षा भनेको विदेश जान सिकाउने र उतै बस्न मनाउने गुरुमन्त्र हो । विद्यालय शिक्षा र प्लसटु उतीर्ण गरेका लगभग ६५ प्रतिशत विद्यार्थी विदेश पलायन भइरहेका छन् । शिक्षा मन्त्रालयलार्ई नो अब्जेक्सन लेटर दिन भ्याइनभ्याइ छ ।

सरकारले शिक्षा क्षेत्रमा वर्षेनी लगानी वृद्धि गर्नुको पछाडि के यही नतिजाको लागि थियो त ? इन्जिनियर पाइलोट र डाक्टरको मात्रै सपना देख्ने अभिभावक समयसँगै एक्लिन थालेका छन् हिजोआज । सबैलार्ई विदेशी मोहले एकांकी बनाउँदै लगेको छ र अब बेलैमा नसोच्ने हो भने हाम्रो खोलामा झुलुङे पुल बनाउने सामान्य ओभरसिएर पनि नहोलान भन्ने त्रास भइसकेको छ । बाउआमा बिरामी भएर मरणासन्न अवस्थामा पुग्दा पनि अमेरिकामा अध्ययन गर्न गएका छोराछोरी नफर्केका उदाहरण थुप्रै छन् ।

विदेश अध्ययन गर्न गएका करिब ८५ प्रतिशत विद्यार्थी नेपाल फर्केर आउँदैनन् । उनीहरूलार्ई आफ्नो घर आफ्नो थर आफ्नो थाक थलो चाहिन्न, अझ नेपालको दसवर्षे जनयुद्धपछि त यो संख्यामा भारी वृद्धि भएको छ । बाबुआमा पनि आफ्ना छोराछोरीले अमेरिकाकै ग्रीनकार्ड अस्ट्रेलियाकै पासपोर्ट लिइदे हुन्थ्यो भनेर पुकार गर्छन् । तर तिनै अभिभावक कालान्तरमा एक्लो हुन्छन् ।

शिक्षित हुनु भनेको स्वार्थी हुनु हो र ? शिक्षित हुनु भनेको आफ्नो मुलुकबाट अर्को देशमा सरणार्थी बन्न जानु हो र ? शिक्षित हुनु भनेको आफ्नो पितामातालाई पाखान्ड देख्नु हो र ? तर हामीले सिकाएको शिक्षाले हाम्रा छोराछोरीलार्ई यस्तै स्वार्थी बनाइरहेको छ । हो यही हो विभीषणको रूप । स्कुलदेखि नै हाम्रा नानीहरूलार्ई स्वार्थी बन्न सिकाइएको हुन्छ । दया, माया, आदर, सेवा, सत्कार, भक्तिभावप्रति अनिच्छित बनाइन्छ विद्यार्थीलार्ई । संस्कार सिकिएन भने एकदिन संस्कृतिविहीन होइन्छ र त्यही दिनदेखि हाम्रो परिचय गुम्छ । अभिभावकप्रति उत्तरदायी नहुने छोराछोरी आजको युगको माग होइन । देशप्रति जिम्मेवार नहुने नागरिक जन्मेको भन्दा नजन्मेकै राम्रो । नेपालका बोर्डिङले पाइलोट जन्माउलान्, डाक्टर जन्माउलान्, इन्जिनियर जन्माउलान्, तर देशभक्त नागरिक इमान्दार नागरिक, नेपाल र नेपालीलार्ई माया गर्ने नागरिक यतिखेर आवश्यकता छ त्यस्ता विद्यार्थी जन्माउन सकून् भनेर प्रार्थन गरौँ हामी । असल नागरिक जन्मनु भनेको देश समुन्नत हुनु हो ।

सहरका सबै बोर्डिङ स्कुलले अंग्रेजी भाषाको विज्ञापन गरेर अभिभावक लुटिरहेका छन् र अभिभावक जग्गाजमीन बेचेर बैंकबाट ऋण लिएर आ–आफ्ना छोराछोरीलार्ई विभीषण बनाइरहेछन् । सरकारी स्कुलहरू लोप हुँदै गइरहेको र अलिअलि बाँकी रहे पनि अव्यवस्थित ढंगबाट सञ्चालित छन् । ती अभिभावक पनि छोराछोरीलाई विभीषण बनाउन बाध्य भइरहेका छन् । यहाँ आर्जित ज्ञान यहाँ उपयोग गर्न सकिँदैन । यो वातावरण कसले मिलाइदिने ? यहाँ कसैले जिम्मेवारी लिँदैन । न त सरकारले न त अरु संस्थाहरूले । ज्ञानबाट विभूषित व्यक्तिहरू पलायन हुन्छन् । एउटा विद्यार्थी विद्यालयबाट दीक्षित भएर निस्कँदा करोडभन्दा बढी लगानी भइसकेको हुन्छ । अझ कलेजको शैक्षिक डिग्रीको त हिसाब नै नगरौँ । अनि त्यत्रो लगानी गरेको व्यक्ति कसरी यहाँ बेरोजगारी भएर बस्छ ? अनि समय र परिस्थितिले उसलार्ई विभीषण बनाइदिन्छ ।

सबै स्कुलमा र कलेजमा यो प्रवृत्ति नहोला । कुनै असल पनि शिक्षण विधि अपनाउनु जरुरी भइसकेको छ । परम्परा धान्ने निहुँमा संस्कृत शिक्षा पढ्न प्रेरित गर्न खोजिएको होइन । शिक्षित हुन संस्कृत नै पढ्न जरुरत छैन । दया, माया, सुसभ्य, सनातनी, अभिभावकप्रति उत्तरदायी र मुलुकप्रति बफादार नायकहरूको जरुरी छ । रावण होस् या सद्दाम हुसेन, देशभक्ति ज्युँदो राख्ने वीर र देशप्रति इमान्दार रहने र जननीलार्ई लात नहान्ने विद्यार्थी जन्माउन सक्नुपर्छ आजको शिक्षा नीतिले । पढेपछि परतन्त्र हुने पशुहरू काम छैन । महाबिर पुन र कुलमान घिसिङजस्ता आदरणीय व्यक्तित्व जन्माउने शिक्षा चाहियो नेपाललार्ई । धेरै–धेरै कुलमा कुलमान र महाबिर पुन जन्मिऊन् र यो देशलार्ई माया गरुन् । 



तपाईको प्रतिक्रिया