Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजलवायु परिवर्तन संकटमा मानवीय स्वास्थ्य

जलवायु परिवर्तन संकटमा मानवीय स्वास्थ्य


काठमाडौं ।
जलवायु परिवर्तनको सबैभन्दा नराम्रो असर एसीयाली क्षेत्रमा पर्नेछ । किनकि धेरैजसो देशहरूको अर्थ व्यवसाय कृषि तथा प्राकृतिक संसाधनहरूमा निर्भर गर्दछ । यस्तोमा नेपालजस्तो देशहरूलाई जलवायु परिवर्तनलाई लिएर बढी सचेत हुन आवश्यक छ ।

मानव शरीररूपी मेशिनलाई प्राकृतिक रूपमा चल्नका लागि धरती तत्व, जल तत्व, अग्नि तत्व वायुतत्वरूपी जाँच पाँच तत्वहरूलाई सन्तुलित गर्नुपर्ने आवश्यकता छ । यी तत्वहरूको असन्तुलनले मानिसको शरीरमा रोगव्याधिहरू उत्पन्न गराउँछ । जलवायुबारे जब हामी कुरा गर्छौँ यसमा मुख्यरूपले दुई तत्व मुख्य मानिन्छ पहिलो जल दोस्रो वायु । यी दुई तत्वहरूको सन्तुलित रहनु मानव स्वास्थ्यको लागि अति आवश्यक छ ।

वैश्विकस्तरमा जलवायु परिवर्तनबाट हुनसक्ने खत्राहरू महसुस हुनथालेको छ । विचार गर्ने हो भने परिवर्तन एउटा सार्वभौम सत्य हो । चिन्ता र चिन्तनको कुरा त्यतिबेला सुरु हुन्छ जब कुनै पनि अप्राकृतिक सीमा नाघिसकेको जस्तो छ र मानवीय जीवन चक्र जोखिममा परेको छ । नयाँ–नयाँ रोगहरूले जन्म लिँदै छ ।
जो पहिलेदेखि थिए तीनको पनि वैश्विक प्रशारण हुँदै छ । वास्तवमा जलवायु कुनै क्षेत्रविशेषको प्रार्शचित्र हुनेगर्दछ । यो त्यस क्षेत्रको मौसममा सामान्य परिवर्तन, अवस्था र त्रुटिहरूको चक्रको अवस्थाहरूको योग मानिन्छ ।

यदि हामी पृथ्वीको कुरा गर्छौँ भने यसलाई हामी सात जलवायु प्रदेशहरूमा बाँड्न सक्तछौँ । यी प्रदेशहरूको जलवायुको स्थितिलाई बुझेपछि यो थाहा हुन्छ कि प्रत्येक जलवायु प्रदेशको तापमान एवं वर्षाको उपलब्धतामा अन्तर हुने गर्दछ । यही फरकले उनीहरूलाई एकअर्काबाट फरक पार्छ । यी प्रदेशहरूको स्वभाविक प्रकृतिमा असन्तुलित भएको अवस्थामा यहाँका बासिन्दामा धेरै किसिमका रोगव्याधिसँग जुध्नुपर्ने स्थिति उत्पन्न हुन्छ ।

जलवायु परिवर्तन एवं जनस्वास्थ्य : जलवायु परिवर्तन सिधा असर मानिसको स्वास्थ्यमा पर्दछ । जलवायु परिवर्तनबारे अन्तरसरकारी समूहले ईसं २००१ मा २१औँ शताब्दीमा यसको प्रभावलाई लिएर केही आशंका गरेको छ । यस प्रतिवेदनमा केही प्रमुख तथ्यबारे ध्यान आकृष्ट गराएको थियो । जलवायु परिवर्तनका कारणले तापमानमा वृद्धि हुन्छ र वाष्पीकरणको सन्तुलन खराब हुन्छ र हाम्रो माटोको आद्रता असन्तुलित हुने गर्दछ ।

यसको परिणामस्वरूप हामीलाई खडेरीको प्रकोप व्यहोर्न पर्छ । यदि यो स्थिति निरन्तर भई रह्यो भने माटो मरुस्थलमा परिणत हुनेछ । माटो बाँझो हुनेछ अर्थात् हामीसँग भोज्य पदार्थहरू उत्पादनका लागि प्रर्याप्त भूमि बच्ने छैन र हामी भोक कुपोषणको शिकार भई ज्यान गुमाउनुपर्नेछ ।

यद्यपि यो स्थिति आज पनि छ तर जलवायु परिवर्तनका कारण यसको स्वरूप अरु विकराल हुनसक्छ । यति मात्र हैन काउँसील अन एनर्जी एन्भार्यर्नमेट एन्ड वाटरद्वारा जारी एक अनुसन्धानमा यो भनिएको छ कि वैश्विक तापमान वृद्धिबाट उत्पन्न हुने विषयहरूको युद्धस्तरमा निवारण गरिएन भने २०५० सम्म गहुँ, धान र मकैको दुई सय अरब डलरको उत्पादनको नोक्सानी हुनेछ ।

शोध पत्रिका नेचरमा प्रकाशित आफ्नो अनुसन्धानमा मिसेल कोप्पसले लेखेकी छिन् कि अन्टार्कटिकाको तुलनामा पेटागोनियामा ग्लेसियर एक सयदेखि एक सय गुणा तेजीले अपक्षरित भएका छन् द्रुत गतिबाट बढिरहेको ग्लेसियर अनुप्रवाहले उपत्यका तथा महाद्विपीय समतलमा धेरै पानी जम्मा गर्नेछ । माछापालन, बाँधहरू तथा पर्वतीय इलाकाहरूमा बसोबास गर्ने मानिसहरूका लागि पिउने पानी उपलब्धतामा यसको प्रभावको सम्भावना बढ्नेछ ।

त्यस्तै एसियाली विकास बैंकले अनुमान गरेको छ कि यस सदिको अन्त्यसम्म समुद्री इलाकामा बसोबास गर्ने जनसमुदायहरूको जीवन जोखिममा पर्नसक्नेछ । इन्डोनेसिया थाइलैण्डजस्ता देशले आफ्नो सकल घरेलु उत्पादनको ६ दशमलव ७ प्रतिशत आर्थिक क्षति व्यहोर्नुपर्नेछ । त्यही वैश्विक घरेलु उत्पादनको स्तरमा यसै बेला २ दशमलव ६ प्रतिशतको नोक्सानी व्यहोर्नुपर्नेछ ।

जलवायु परिवर्तन, स्वास्थ्य अनि गरिबी : जलवायु परिवर्तनको मार सबैभन्दा बढी गरिब मानिसमा पर्दछ । पहिलेबाट नै खाद्य एवं आवासको समस्याबाट जुधिरहेको जनसमुदायका लागि जलवायु परिवर्तन र यसको प्रभाव त्रासदपूर्ण मानिन्छ । यसो त समाजशास्त्रीहरूको कुरा मान्ने हो भने गरिबी आफैंमा रोगहरूको पर्यायवाची मानिन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार दक्षिण एसिया परिक्षेत्रमा पूरै विश्वको २६ प्रतिशत जनसंख्या बसोबास गर्छ जहाँ विश्वका ३० प्रतिशत गरिब छन् । जनसंख्याको अधिकताका कारण यस परिक्षेत्रमा जलवायु परिवर्तनको असर धेरै नै आपदाकारी हुनसक्नेछ । यो परिक्षेत्र पहिले नै संक्रामक रोको त्रासका कारण थिए । यस क्षेत्रमा एक करोड ४० लाखको मृत्युको कारण जलवायु परिवर्तन हुनेछ । जसमा ४० प्रतिशत मृत्युका लागि संक्रामक रोगहरू जिम्मेवार हुनेछन ।

ईसं २०१५ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार पाँच वर्षभन्दा कम उमेर केटाकेटीहरूको मृत्युदरमा ८३ प्रतिशत केटा केटीहरूको मृत्यु संक्राम रोगका कारण भइरहेको छ । मौसममा ठूलो स्तरमा हुने परिवर्तनजस्तै चक्रपात तथा बाढी आउने स्थितिमा झाडापखालाजस्ता रोगका लागि अनुकूल हुनेगर्दछ ।

निष्कर्ष : जलवायु परिवर्तनको असर एसियाको क्षेत्रमा पर्नेछ किनभने धेरैजसो देशहरूको अर्थ व्यवसाय कृषि तथा प्राकृतिक संसाधनहरूमा आश्रित हुनेगर्छ । यस्तोमा नेपालजस्तो देशले जलवायु परिवर्तनलाई लिएर ज्यादा सचेत रहन आवश्यक छ ।

मानव शरीररूपी यन्त्रलाई प्राकृतिक रूपमा चल्नका लागि धर्ती तत्व, जल तत्व, आग तत्व, आकास तत्व र वायु तत्वरूपी पाँच तत्वलाई सन्तुलित गर्नुपर्ने आवश्यकता पर्दछ । यी तत्वहरूको असन्तुलनले मानिसको शरीरमा व्याधिहरू उत्पन्न हुन्छन् ।

जलवायुको जब हामी कुरा गर्छौँ भने यसमा रूपबाट दुई तत्वहरूको कुरा हुन्छ । पहिलो जल अर्को वायु । यी दुवै तत्वको सन्तुलन हुनु मानव स्वास्थ्यको लागि अति आवश्यक मानिन्छ । हामी आशा भर्खरै पोल्याण्डमा सम्पन्न सम्मेलनमा उपस्थित राष्ट्रहरूले तापमान वृद्धि रोक्ने उपायहरू इन्धनमा कटौती ऊर्जा उपयोग प्रदुषण नियन्त्रणका नवीन प्रविधिजस्ता तमाम विषयमा अवश्य नै ध्यान पु¥याएका होलान् । यी प्रश्नहरूको उत्तरमा नै जलवायु परिवर्तनबाट हुनसक्ने प्रलय रोक्न र वैश्विक स्वास्थ्य रक्षाको सूत्र लुकेको हुनसक्छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया