Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगएक विश्व एक स्वास्थ्य, पशु स्वास्थ्य अनि पशु चिकित्सक

एक विश्व एक स्वास्थ्य, पशु स्वास्थ्य अनि पशु चिकित्सक


काठमाडौं । प्राणीरुजा जुनोसिस यस्ता संक्रामक रोगहरू हुन् जुन विभिन्न प्रजातिहरू जस्तैः पशुहरूबाट मानिसहरूमा वा मानिहरूबाट पशुहरूमा सञ्चारित हुन्छन् । अर्को शब्दमा भन्ने हो भने विभिन्न कारक जुन अनेक प्रजातिहरू (जसमा मानिस पनि सम्मिलित छ)मा विभिन्न सञ्चारित रोगहरूको कारण बन्दछन् । पशुजन्य रोगहरू वा प्रत्यक्ष सम्पर्क अन्जानमै रोग सञ्चारित माध्यमको सम्पर्कमा आउनाले मुखबाट खाना खाँदा तथा कीराफट्याङग्राले टोक्नेजस्ता माध्यमहरूबाट सर्दछन् । ती मानिस जो परोक्ष अपरोक्षरूपले प्रायः पशुहरूको सम्पर्कमा आउँछन्, विभिन्न खाले विषाणुहरू, जीवाणुहरू, प्रोटोजोवा, ढुसी तथा अन्यान्य बाह्य एवं आन्तरिक परजीवीहरूको माध्यमले पशुजन्य रोगहरूको प्रथम सिकार हुने गर्दछन् । आधुनिक युगको अनेकानेक रोगहरू जसमा अनेक जानपदिक रोगहरू पनि सम्मिलित छन् । त्यसो त पूर्णरूपमा यो स्पष्ट गर्न सकिनु त अन्यन्त दुष्कर छ कि कुनचाहिँ रोग अन्य पशुहरूको माध्यमबाट मानिसमा सञ्चारित भयो ।

आजको परिवेशमा कोभिड–१९ उदाहरणको रूपमा वैश्विक समुदायमा उभिएको अवस्था छ तर खसरा, चेकशीलता, विफर, एचआईभी, एवं रोहिणी रोग यसैगरी मानिससम्म पुगेका हुन् । यसैगरी फ्लु, क्षयरोगले पनि विभिन्न प्रजातिहरूसम्म आफ्नो पहुँच बनाउन सफल भएकै हुन् । वर्तमानमा पशुजन्य रोगहरूको अत्यधिक चर्चा तिनको नितान्त नवीनरूपमा प्रस्टीककरण परिवद्र्धित घातक रूपमा अल्पप्रतिरक्षा भएका बहुसंख्यक जनसमुदायहरूलाई प्रभावित गर्ने तथा सञ्चार माध्यमहरूको अति सक्रयाताको कारण भइरहेको भन्दा हुन्छ ।

संयुक्त राज्य अमेरिकामा सन् १९९९ मा सर्वप्रथम बेष्ट नाइल भाइरसको उपस्थिति न्यूयोर्कमा देखियो तर सन् २००२ मा यसले सम्पूर्ण संयुक्त राज्य अमेरिकालार्ई आफ्नो चङ्गुलमा लिन पुग्यो । यसैगरी क्युवोनिक प्लेग राँकी माउन्टेन स्पोटेक फिभर तथा लाइम फिवर आदि पनि जनसमुदायमा वैश्विकस्तरमा विभिन्न ठाउँमा सञ्चारित भए । एक अनुमानअनुसार लगभग दुई यस्ता रोग वा संक्रमण छन्, जुन प्राकृतिक रूपमा पशुबाट मानिमा सञ्चारित हुन्छन् । यीमध्ये केही अन्यन्त महत्वपूर्ण एवं घातक पशुजन्य रोगहरूमा रेबिज वर्ड फ्लु, स्वाइन फ्लु, बेस्ट नाइल फिवर, चिकुनगुनियाँ, एन्थेकस, क्षयरोग, ब्रुसेल्लोसिस, लैप्टोस्पायरोसिस, क्यू ज्वरो, क्रिपटोस्पोरिडियोसिस टोकसोप्लाज्मोसिस, विसरल लार्भा माइग्रान मानिन्छन् ।

जुनोटिकब संक्रमण प्रकृति या मानिसहरूमा पशुहरूबाहेक जीवाणु विषाणु एवं परजीवीको माध्यमले फैलिन्छ । एचआईभी, इबोला, मलेरिया रेबिज तथा वर्तमानमा कोरोना भाइरस कोभिड–१९ जुनोटिक संक्रमणको कारण प्रसारित हुने खालका रोग हुन् ।

संयुक्त राष्ट्र पर्यावरण तथा अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थानद्वारा कोभिड–१९ को सन्दर्भमा प्रतिवेन्टीव द नेक्स्ट पाडेमिक जुनोसिस एन्ड हाउ टु ब्रेक द चेन अफ ट्रान्समिसन नामक रिपोर्ट छ । जुलाई विश्व जुनोसिस दिवसका दिन प्रकाशित गरेको छ । प्रकाशित रिपोर्टका अनुसार मानिसहरूमा ६० प्रतिशत ज्ञात जुनोटिक रोगहरू छन् । तथा ७० प्रतिशत जुनोटिक रोग यस्ता छन् जुन अझै ज्ञात भएका छैनन् । विश्वमा प्रतिवर्ष निम्न आय भएका देशहरूमा लगभग एक लाख मानिसहरू जुनोटिक रोगहरूको कारण मृत्युवरण गर्दछन् । पछिल्लो दुई दशकहरूमा जुनोटिक रोगहरूका कारण कोभिड – १९ को महामारीको लागत शामिल नगर्दा पनि एक सय विलियन डलरभन्दा बढी आर्थिक भएको छ, जुन आउँदो केही वर्षमा नै नौ ट्रिलियन डलर पुग्ने सम्भावना छ । प्रतिवेदनअनुसार यदि पशुजनित रोगहरूको रोकथामको प्रयास गरिएन भने कोभिड–१९ जस्ता अनय महामारीको सामना आउँदा दिनमा गर्नुपर्ने हुन्छ ।

जुनोटिक रोगको संक्रमणका कारण
१. पशु प्रोटिनको बढ्दो माग
२. गहन सघन एवं अस्थिर खेतिपातीमा वृद्धि
३. वन्यजन्तुको बढ्दो उपभोग
४. प्राकृतिक संसाधनहरूको अनियन्त्रित दोहन
५. यात्रा एवं परिवहन
६. खाद्य आपूर्ति श्रृंखलामा परिवर्तन
७. जलवायु परिवर्तन, वैश्विक तापन एवं विविध प्रदूषणले निम्त्यिाएको सङ्कट ।

जुनोटिक रोगहरूको संक्रमण रोक्ने उपाय :
एक विश्व एक स्वास्थ्य पहल (वन हेल्थ इनिसिएटिभ) एक अन्यन्त अनुकूलतम विधि मानिएको छ । जसको माध्यमले महामारीबाट निपटिनलाई मानव स्वास्थ्य, पशु स्वास्थ्य एवं पर्यावरणलाई एकसाथ ध्यान दिइन्छ । यसअन्तर्गत १० यस्ता विधिहरू अवलम्बन गरिनेछ, जसले भविष्यमा जुनोटिक संक्रमणलाई रोक्न सहायक हुन सक्नेछ । जुन निम्नानुसार छन् :
१. एक स्वास्थ्य पहलमा बहुविषयक अथवा अन्तरविषयक तरिकाहरूमा निवेशमा बल दिने,
२. जुनोटिक संक्रमण अथवा पशुजनित रोगहरूमा वैज्ञानिक अध्ययन अन्वेषणलाई प्रोत्साहित गर्ने,
३. पशुका रोगबारे जनचेतना बढाउन प्रोत्साहित गर्ने,
४. रोगहरूका सन्दर्भमा उपचार नियन्त्रण गर्नेलगायत मुनाफा विश्लेषणलाई परिष्कृत गर्ने एवं समाजमा रोगहरूको परिचरणको सटिक विश्लेषण गर्ने,
५. पशुजनित रोगहरूको निगरानी एवं नियामक तरिकाहरू सुदृढीकरण गर्ने,
६. भूमि व्यवस्थापनको दिगोपनालाई प्रोत्साहन दिने तथा खाद्य सुरक्षालाई वृद्धिका लागि वैकल्पिक उपायहरूको विकास गर्ने । जसले गर्दा आवासस्थल एवं जैविक विविधतालाई संरक्षण गर्न सकियोस् ।
७. जैविक सुरक्षा एवं नियन्त्रणलाई परिस्कृत गर्ने, पशुधनमा रोगहरू हुने कारणहरूको द्रुत निदान, पहिचान तथा नियन्त्रणका उपायहरूलाई परिष्कृत गर्ने,
८. कृषि एवं वन्यजीवलाई प्रोस्ताहित गर्न भू–दृश्यको दिगोपनालाई सहयोग गर्ने,
९. सबै देशहरूमा स्वास्थ्य क्षेत्रहरूमा साझेदारीहरूको क्षमतालाई सुदृढीकरण गर्ने,
१०. अन्य क्षेत्रहरूको ज्ञान, सीप, विज्ञताको उपयोग तथा सतत विकास योजना कार्यान्वयन र निगरानीका लागि एवं ‘एक विश्व एक स्वास्थ्य’ दृष्टिकोणलाई कार्यान्वयन गर्ने ।

यदि वन्यजन्तुहरूको दोहन तथा पारिस्थितिकीतन्त्रमा समन्वय गरिएन भने आउने वर्षहरूमा पशुबाट मानिसमा हुने रोगहरू यसैगरी निन्तर सामुन्ने आउँदै गर्नेछन् । वैश्विक महामारीहरूले मानव जीवन एवं अर्थव्यवस्था दुवैलाई नष्ट गर्दै छन् । जस्तो कि हामीले पछिल्लो केही वर्षदेखि कोभिड–१९ महामारीको बेला भोग्दै छौँ । यसको सबैभन्दा बढी असर निर्धन एवं निर्बल समुदायहरूमा हुने गर्दछ । त्यसैले हामीले भविष्यमा महामारीलाई रोक्नका लागि आफ्नो प्राकृतिक पर्यावरणको रक्षाका लागि विचार गर्नुपर्ने अत्यन्त आवश्यकता छ । मानवीय सभ्यतालाई कोभिड–१९ महामारीको जालोमा फसेको बेला आज है भोलि भन्ने छुटचाहिँ छैन भन्दा हुन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया