Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालबाट दक्ष र पेसागत श्रमिकको विदेशमा बढ्दो आप्रवासन : गम्भीर समायोजनको आवश्यकता

नेपालबाट दक्ष र पेसागत श्रमिकको विदेशमा बढ्दो आप्रवासन : गम्भीर समायोजनको आवश्यकता


काठमाडौं । नेपालबाट दक्ष र पेसागत श्रमिकको विदेशमा बढ्दो आप्रवासनले देशको विकासमा ठूलो खतरा खडा गरेकोले यसले धेरै प्रश्नहरू अनुत्तरित बनाउँछ । के हामी आफूलाई राम्रो बनाउन सिक्दै छौँ? मानव पुँजीको उडान अर्थात् पुँजी तथा मानव स्रोत, जसलाई सामान्यतया ‘ब्रेन ड्रेन’ भनिन्छ, । राम्रो अवसरहरूको खोजीमा दक्ष र व्यावसायिक व्यक्तिहरूको बसाइ सर्ने संकेत गर्दछ ।

हाम्रो विकासको गतिलाई त्यस्ता अभ्यासहरूले बाधा पु-याएको हुनाले, हामीले ब्रेन ड्रेनसँग लड्ने प्रभावकारी उपायहरू खोज्ने समय आएको छ। साथै ड्रेन ब्रेनबारे पनि सोच्नुपर्ने भएको छ । यसबाट बच्न अपनाउन सकिने केही उपायहरूमाः प्रशस्त रोजगारीको अवसर प्रत्येक व्यक्ति सुरक्षित र सुदृढ भविष्य चाहने भएकोले, उनीहरूलाई पर्याप्त रोजगारीका अवसरहरू उपलब्ध गराउँदा मानव पुँजी उडानलाई निरुत्साहित गर्न सकिन्छ।

मानिसहरूसँग धेरै क्यारियर विकल्पहरू छन्, तिनीहरूले आफ्नो देश छोड्नेबारे सोच्न सक्दैनन् । स्मार्ट कमाइ कम पारिश्रमिक कसैलाई मन पर्दैन । उनीहरू आफ्नो तलब आफ्नो जागिर प्रोफाइलसँग मिल्दोजुल्दो होस् भन्ने चाहन्छन् ता कि उनीहरू खुसी, सम्मानजनक जीवन बिताउन सकून् । साथै, मानिसहरूले आफ्नो दैनिक खर्चहरू पूरा गर्नेबारे मात्र सोच्दैनन् । मानिसहरूमा जन्मजात ‘लडाइँ वा उडान प्रतिक्रिया’ भएको हुनाले, सुरक्षित जीवनको खोजीमा उनीहरू लड्न असमर्थ भएमा भाग्नु अनिवार्यरूपमा सम्भव छ । त्यसैले उनीहरूको राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक अधिकारको रक्षा हुनु जरुरी छ । नेपालमा बेलाबखत सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने कुरा सार्वजनिक भए तर ती व्यावहारिक भएनन् ।

देउवा सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै ऊर्जाशील युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न कार्यक्रम ल्याउने घोषणा गरेको थियो । ‘युवाको अधिकार: शिक्षा र रोजगार’ लाई व्यावहारिकता दिने सरकारको योजना थियो ।  श्रमविज्ञले सरकारले खासगरी २०६२/६३ पछिका सबै सरकारले रोजगारी दिने घोषणा गरे पनि रोजगारी दिन नसकेको बताउँछन् । अघिल्ला सरकारले समेत स्वदेशमै रोजगारीमा प्राथमिकता दिने घोषणा गरेका थिए। तर रोजगारी दिन सकेनन्। वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै सरकारले रोजगारी सिर्जनामा प्राथमिकता दिने उद्घोष गरे पनि सरकारको कार्यक्रमको पाना भर्नेबाहेक अरु केही नहुने देखिन्छ । नेपालमा वर्षेनी श्रमबजारमा पाँच लाख आउँछन् । त्यसमध्ये स्वदेशमा रोजगारी नपाएर तीन चौथाइ वैदेशिक रोजगारीमा जान बाध्य छन्।

यसअघिका सरकारले बाध्यात्मकरूपमा वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्ने घोषणा गरेको थियो । तर अहिलेसम्म बाध्यतात्मक वैदेशिक रोजगार अन्त्य गर्न सकेको छैन । सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्न सक्दा थोरै पारिश्रमिकमा श्रमिक वैदेशिक रोजगारीमा जान बाध्य छन्। सरकारले स्वदेशमा उद्यम गर्न चाहने तथा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीपमूलक तालिम दिन सकेको छैन । जसले गर्दा अदक्ष कामदार वैदेशिक रोजगारीमा जान बाध्य छन् । स्वदेशमा विदेशी नागरिकले अवसर पाइरहेका छन् ।

‘यी त सब भन्ने कुरा न हुन्’ भन्ने गीतझैँ रोजगारमूलक शिक्षामा जोड दिने सरकारको योजना छ। श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्न सरकार लाग्ने भएको छ। विकास र त्यसको मुख्य आधार श्रम भएकाले श्रमको सम्मान गने संस्कृतिलाई प्रोत्साहित गर्ने सरकारको नीति छ । देशभित्र उत्पादनका क्रियाकलाप वृद्धि गरी रोजगारी प्रदान गर्ने सरकारको योजना छ । वैदेशिक रोजगारीबाट पुँजी र प्रविधिससहित फर्केका नेपालीलाई देशभित्रै रोजगारमूलक व्ययसाय गर्न प्रोत्साहन गर्ने कार्यक्रम अघि सारेको छ । सार्वजनिक संस्थानहरूको व्यस्थापनमा सुधार गरी व्यावसायिक, प्रतिस्पर्धी र प्रभावकारी बनाउने योजना छ । बिजुली, पानी, ढल, सञ्चारलगायतका विकास तथा निर्माणका कार्य एकीकृत र समन्वयात्मक ढंगले सम्पन्न गर्नेगरी सरोकारवाला निकायहरूलाई सञ्चालन र परिचालन गर्ने सरकारको नीति छ ।

सहकारी क्षेत्रलाई गरिबी निवारण र रोजगारी प्रवद्र्धन गर्न परिचालन गर्ने सरकारको कार्यक्रममा उल्लेख गरिएको छ। कोभिडबाट अति प्रभावित श्रमजीवी, रोजगार र गरिबलाई आर्थिक सहायता दिने सरकारको योजना छ । नेपालमा ‘समृद्ध नेपाल सुखी नेपाली’को बाँसुरी बज्न थालेको धेरै समय बितिसक्यो । जनशक्ति हातमा पासपोर्ट बोकेर वैदेशिक रोजगारीका लागि लामबद्ध भएका छन् । स्थिर सरकार गठन भएको पाँच वर्ष भइसक्दा पनि नेपाली जनताले स्वदेशमै केही गरुँ भन्ने विकल्प सोच्न सकेका छैनन् ।

सरकारले हरेक दिन आर्थिक समृद्धिको रटान लगाइरहँदा नेपालका गाउँ खालि हुने क्रम बढिरहेको छ । दुःखका साथ भन्नुपर्छ– कतिपय गाउँ महिलाका भरमा चलेको छ । गाउँमा विपत्ति हुँदा र मान्छे मर्दा पुरूष मलामी पनि नपाइने अवस्था सिर्जना भइसकेको छ ।  सरकारलाई मात्रै होइन हरेक नेपालीलाई थाहा छ कि विदेशमा श्रम बेचे कामदार मात्रै भइन्छ तर स्वदेशमै पसिना बगाए आफैँ मालिक बन्न सकिन्छ । तर, दुर्भाग्य नेपालमा बसेर केही हुँदैन भन्ने गलत मान्यता अझै पनि हाबी भएको छ । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्यांकअनुसार वार्षिक छ लाख नेपाली युवाशक्ति विदेश पलायन हुनेगरेका छन् । युवा विदेशिने क्रममा कमी होइन दिनहुँ बढोत्तरी भइरहेको छ । स्वदेशमा यसको विकल्प नखोज्ने हो भने दशकौँ सम्म नेपालीले विदेशमै श्रम बेच्दै दासत्वको जीवन बिताउनुपर्नेमा कुनै द्विविधा छैन ।

आफ्नो सीप र क्षमताअनुसार स्वदेशमा रोजगार पाउन नसकेको तीतो यथार्थ भए पनि विदेश पलायन हुनु नै अन्तिम विकल्प होइन । वैदेशिक रोजगारीप्रति नेपाली युवाको आकर्षण बढ्दो छ ।  यसै सन्दर्भमा, एसईई उत्तीर्ण गरेका युवा प्लस टु पनि नपढ्दै विदेशको सपना देख्न थाल्ने मानसिकता छ । देखासिकी होस् वा बाध्यता, अभिभावकहरू नै युवापुस्तालाई विदेश जान प्रोत्साहित गरिरहेको कटु वास्तविकता हाम्रो सामु छन् । त्यसर्थ वैदेशिक रोजगारीको सपनाले मनमा जरो गाडेपछि युवापुस्ता गाउँ/सहरमा अडिनै नसक्नेजस्ता भएका छन् ।

सरकार र युवाशक्तिको सोचमै परिवर्तन नआएसम्म न समृद्धि सम्भव छ, न त वैदेशिक पलायन रोक्न नै सम्भव । मुलुकले आर्थिक र सामाजिकरूपमा फड्को मार्न पहिले श्रममा विश्वास गर्न सक्नुपर्छ । काम सानो वा ठूलोभन्दा श्रमको सम्मान गर्ने र स्वदेशमा उत्पादन बढाउन लागि पर्नुपर्छ । विदेशमा पनि तलब नपाएर विचल्लीमा परेका, चर्को श्रमशोषणमा परेका, विदेश–मोहले परिवार नै बिगारेका सामाजिक विकृति रहेको दृष्टान्त विदेश पलायनले निम्त्याएका परिणाम हुन् । सरकारले नेपाली श्रमशक्तिलाई स्वदेशमै परिचालन गर्न निकै गम्भीर भएर तत्काल, मध्यम, दीर्घकालको नीति एवं कार्यक्रम गम्भीरताका साथ ल्याउन ढिलाइ गर्न हुँदैन ।

यदि तपाईँ थप अध्ययन गर्न जाँदै हुनुहुन्छ भने, हामीले भन्न सक्नुपर्छ, जानुहोस् तर पछि फर्कनुहोस्। तर यदि तपाईँ विदेशमा काम/ बसोबास खोज्दै हुनुहुन्छ भने हामी तपाईँलाई यो एक पटक पढेर सोच्न आग्रह गर्न सक्नुपर्छ । तिमी त्यहाँ जे खोज्दै जाँदै छौ त्योभन्दा धेरै तिमीलाई दिनेछु । तपाईँ आफ्नो देशमा आफ्नै मालिक हुनुहुन्छ, अरू कतै तपाईँ सधैँ दोस्रो नम्बर हुनुहुन्छ, तपाईँ जतिसुकै स्मार्ट भए पनि । रुखमा पैसा हुँदैन । जहाँ गए पनि काम गर्नुपर्छ । यदि तपाईँ खाडी देशमा जानुहुन्छ भने, यो प्रायः श्रमको लागि हो जुन अत्यन्त पीडादायी छ र त्यहाँको हावापानीलाई पसिनाविना वर्णन गर्न सकिन्न र यदि तपाईँलाई युरोप/अमेरिका जाने अनुमति दिइएको छ । तपाईँलाई तपाईँको प्रोफाइलभन्दा तलको कामका लागि काम गर्न बाध्य पारिनेछ । किनभने कुनै पनि देशले विदेशीहरूलाई आफ्नो मूल काम गर्न अनुमति दिँदैन जबसम्म तिनीहरूले गर्न सक्दैनन् ।
नेपालमा धेरै अवसरहरू छन् । युवाहरू विदेशमा काम गर्न जाँदै छन्, धेरैजसो शिक्षित व्यक्तिहरूले गैरनाफामुखी वा सरकारी वा निजी क्षेत्रको ’नोकरी’ रोज्छन्, जसको मतलब तपाईँका लागि कम प्रतिस्पर्धा हो । जानुहोस् र कम्पनी खोल्नुहोस् ।

गरिबको बजार ठूलो छ । उच्च बेरोजगारी दरको अर्थ तपाईँले उत्प्रेरित युवाहरूको वरिपरि एउटा टोली निर्माण गर्न सक्नुहुन्छ जो रोजगारीमा रहन उत्सुकतापूर्वक खोजिरहेका छन् । साथै, तपाईँले तिनीहरूको सद्भावना र आशा छ कि दीर्घकालीन रूपमा दिगो कम्पनी निर्माण गर्नको लागि बफादारी पाउनुहुनेछ । अहिले परिस्थिति जतिसुकै अराजकजस्तो देखिए पनि चिजहरू ठीक हुँदै जानेछन् । विदेशमा रहेकाहरू भविष्यमा फर्कन लागेका छन् र के गर्दै छन् थाहा छ ? एउटा कम्पनी सुरु गर्नुहोस् वा जागिर खोज्नुहोस्, जुन तपाईँले अहिले गर्न सक्नुहुन्छ र जब तिनीहरू फिर्ता आउँछन्, तब तपाईँ नेता हुनुहुनेछ । सबैभन्दा अन्तिम, किनभने तपाईँ यस सुन्दर देशको लागि केही ऋणी हुनुहुन्छ, जुन तपाईँलाई सधैँ गर्व थियो ।
तपाईँसँग अहिले एउटा विकल्प छः या त आफ्नै सपनाहरू साकार बनाउनुहोस् वा कसैको सपना साकार पार्न तपाईँलाई काममा लगाइनेछ।

तपाईँले नेपाल छोड्दा राम्रो जीवनको लागि कस्तो ग्यारेन्टी छ? पक्कै पनि तपाईँले धेरै कुरा देख्न र सिक्नुहुनेछ, त्यसैले कृपया यात्रा गर्नुहोस् र आफ्नो क्षितिज विस्तार गर्नुहोस्, तर तपाईँले अन्ततः नेपालको आरामदायी संस्कृतिलाई गुमाउनुहुनेछ। पश्चिममा मानिसहरू निकै ‘वर्कहोलिक’ छन् । तपाईँले विरलै मानिसहरूलाई घामको मुनि गफ गर्ने र खट्टा क्लेमेन्टाइनमा आफ्नो जिब्रोमा क्लिक गर्ने दृश्यहरू पाउनुहुनेछ, जसलाई तपाईँले सायद अहिले मान्नुहुनेछ। आफ्नो जीवनलाई अझ समग्ररूपमा हेर्ने प्रयास गर्नुहोस् र आफ्नो प्राथमिकताहरू सिधा प्राप्त गर्नुहोस्। यदि तपाईँ सामूहिक सद्भाव र समाजकेन्द्रितताको बारेमा हुनुहुन्छ भने, नेपाल (वा साँच्चै दक्षिण एसियाको कुनै पनि ठाउँमा) तपाईँलाई खुसी बनाउनेछ। यदि तपाईँ यसको बारेमा धेरै वास्ता गर्नुहुन्न भने, यसको स्वाद लिनुहोस् र आफैँलाई निर्णय गर्नुहोस् । नेपाल अवसरहरूको भूमि हो, अन्वेषण नगरिएको, अछूत, महत्वाकांक्षी उद्यमी र नेताहरूको लागि उत्तम माटो। नेपाललाई तपाईँ र म चाहिन्छ। म निकट भविष्यमा आशा गर्छु जब हामीसँग युवा प्रेरित आर्थिक क्रान्ति, सामाजिक उद्यमीहरूको पुस्ता हुनेछ, नयाँ युगको सुरुवात हुनेछ ।

धेरैलाई त्यो उमेरमा विदेश गएर राम्रो जीवन बिताउन चाहन्थे। उनीहरू विदेश गएर राम्रो शिक्षा लिन, नयाँ कुरा सिक्न र देशको उन्नतिको लागि सिकेको कुरा फिर्ता ल्याउन होइन तर धनी बन्न र नेपालको तथाकथित ‘दुःख जीवन’बाट बाहिर निस्कन मन थियो । पश्चिममा धेरै मानिसहरूले मानवताको स्पर्श गुमाएका छन् र तपाईँ सडकमा लडिरहेको अवस्थामा पनि मदत माग्न धेरै थोरै मानिसहरू मात्र तपाईँलाई मदत गर्न इच्छुक हुनेछन्। तपाईँले भर्खरै किताब वा टीभीमा सुनेको शब्द अर्थात् जातीयवाद तपाईँले पहिलो हात अनुभव गर्नुहुनेछ । नेपाललाई युवाका लागि अवसरको देश बनाऔँ । वाणिज्य र विकासलाई प्रोत्साहन गर्ने स्थायी सरकार सुनिश्चित गरी नेपालका उद्यमीहरूलाई सफल बनाउनुहोस् ।

नेपालले धेरै आयात गर्ने भएकाले अत्यावश्यक विदेशी मूलका अन्य स्रोतहरू बढाएर नेपाललाई पर्यटनमा कम निर्भर बनाउनुहोस् । नेपालका युवाहरूले यत्रो कठिनाइको सामना गर्नु पर्दैन, आफूलाई शिक्षित गर्न र त्यो सबै शिक्षापछि विदेशमा अवसरहरू खोज्नु पर्दैन भने यसले ठूलो मदत गर्न सक्छ । यो सबै एकै पटक हुने होइन । नेपालले आफ्नो पूर्वाधारमा ठूलो लगानीगर्नुपर्छ, अलिकति औद्योगिकीकरण गर्नुपर्छ, त्यसैले यति धेरै आयात गर्नुपर्दैन र आफ्नो केन्द्रीय कोषमा पैसाको स्थिर प्रवाह सुनिश्चित गर्नुपर्दछ । अर्को ठूलो प्रेरणा भनेको एक स्थिर सरकार हो जसले वास्तवमा आफ्ना जनता, पूर्वाधार र युवा उद्यमीहरू र उद्यम पुँजीपतिहरूका लागि प्रोत्साहन र साइबरस्पेसदेखि बैंक ऋणसम्मका विभिन्न क्षेत्रमा नीति र नियमहरू लागू गरेको छ । जुन व्यवसाय इन्क्युबेसन सेन्टरहरू र युवा उद्यमी कार्यक्रमहरू सुरु भएसँगै हुन थालेको देखिन्छ तर धेरै गर्न बाँकी छ ।

नेपालमा काम गर्ने उर्वर उमेर २० देखि ५० वर्षसम्मलाई मान्ने हो भने नेपालमा १५ देखि ६४ वर्षसम्मको उर्वर काम गर्ने उमेरलाई विचार गर्ने हो भने २०२१ मा १५–६४ उमेरसमूहमा ६६ दशमलव ०२ प्रतिशत र ६५ वर्षभन्दा माथिका ५ दशमलव ९१ प्रतिशत थिए । उता वैदेशिक रोजगारीमा जाने युवा यसै उमेरका छन्। आठ/दशवर्षयता रोजगारीका लागि विदेश जानेहरूको लर्काे त्रिभुवन विमानस्थलमा एकदमै बढेको छ। अर्कोतर्फ गोंगबु बसपार्क खाली छ ।

हरेक वर्ष ठूलो संख्यामा देशका श्रमशील र मेधावी युवा विदेश पलायन हुनु भनेको बाढीले जमिनको माथिल्लो उर्वर माटो बगाएर लैजानुजस्तै हो। निश्चय नै यसरी युवा पलायनको भयावह अवस्था आउनुमा मुख्य जिम्मेवार– देशमा विगतमा हुनेगरेका बन्द, हड्ताल, तथा उच्चशिक्षा हासिल गरेकाहरूलाई देशमै उचित रोजगारी नपाउने अवस्था हो। जसमा अहिले थोरै सुधार देखिए पनि धेरैजसो समस्या हटेका छैनन्। यसरी युवा विदेश जाने बढ्दो क्रम रोक्न स्वदेशमै रोजगारीको ग्यारेन्टी, सबै खालका श्रमको सम्मान र समाजिक सुरक्षाअन्तर्गत बेरोजगारलाई बाँच्न पुग्ने भत्ताको व्यवस्था गर्नु आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया