सोलुखुम्बु, वैशाख १६
सोलुखुम्बु जिल्लामा हालसम्म १ सय ७ जनाको कोरोना भाइरस (कोभिड–१९) को -यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) टेष्ट भएको छ । जिल्लाका सबै स्थानीय तहमा सो बराबरको व्यक्तिको परीक्षण गरिएको हो । जिल्लाका ८ वटा स्थानीय तहका १ सय ७ जनाको टेष्ट गरिएको हो । हालसम्म टेष्ट गरेको सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख कर्मचन्द्र राजवंशीले जानकारी दिएका छन । राजवंशीका अनुसार जिल्लामा गरिएका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ । चैत लागेपछि विदेशबाट फर्केकाहरुको वैशाख ३ गतेदेखि हालसम्म गरेको -यापिड टेष्टमा सबैको रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।
परीक्षण गरिएकाहरुमध्ये सोलुदुधकुण्ड नगरपालिकाको ४५ जना, माप्य दूधकोशी गाउँपालिकाको १० जना, खुम्बु पासाङ ल्हामु गाउँपालिकाको ११ जना र थुलुङ दूधकोशी गाउँपालिकाको ३ जना रहेका छन् । उनीहरु विदेशबाट तथा सहरबाट आएकाहरु रहेको राजवंशीको भनाइ छ । यस्तै नेचासल्यान गाउँपालिकाको २२ जना, महाकुलुङ गाउँपालिकाको ४ जना, लिखुपिके गाउँपालिकाको ४ जना र सोताङ गाउँपालिकाका ८ जनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ । अहिले काठमाडौमा रहेकाहरु पनि आएकाले पुनः परीक्षण गर्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया