जनचेतना साकोसको कुल पुँजी नौ करोड ४० लाख
दोलखा । जिल्लाको बैतेश्वर गाउँपालिका–४ देउरालीमा रहेको जनचेतना बचत तथा ऋण सहकारीले आफ्नो २३औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ । संस्थाले २३औँ वर्षमा आइपुग्दा नौ करोड ४० रुपैयाँ पुँजी संकलन गर्न सफल भएको छ ।
सहकारीका अध्यक्ष मुक्ति दहालको अध्यक्षयता भएको साधारणसभामा कोषाध्यक्ष नवराज खड्काले नौ करोड ४० लाख रुपैयाँबराबरको आयव्यय प्रतिवेदन प्रस्तुत गरेका थिए । खड्काले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिवेदनअनुसार सहकारीको पुँजी तथा दायित्वतर्फ सेयर पुँजी ८७ लाख ६७ रुपैयाँ रहेको छ भने ऋण नोक्सानी कोष व्यवस्थातर्फ ६७ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै जगेडा कोषतर्फ ९२ लाख ६३ हजार रुपैयाँ र खुद नाफा २० लाख २६ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । संस्था हाल दुई हजार दुई सय २० जना सेयर तथा बाल सदस्य आबद्ध रहेका छन् । संस्थाले आफ्नो २३औँ साधारणसभाको अवसरमा विभिन्न विधामा सदस्यहरूलाई सम्मान समेत गरेको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया