जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्दै मुख्यमन्त्री यादव
महेन्द्रनगर (धनुषा) । सोमबार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सेवा प्रवाहबारे जानकारी लिएका छन् ।
सेवाग्राहीसँग प्रत्यक्ष भेटेर प्रयोगशालाले प्रदान गरेको सेवाका बारेमा उनले जानकारी लिएको हो । एउटा मात्र काउन्टर (लेनदेनका लागि व्यवस्था गरिएको एकाइ) हुँदा रसिद काट्न लामो समयसम्म कुर्नुपरेको सेवाग्राहीले गुनासो गरेपछि मुख्यमन्त्री यादवले काउन्टरसम्बन्धी समस्या समाधान गर्न प्रयोगशालाका निर्देशक डा. श्रवण मिश्रलाई निर्देशन दिए ।
प्रदेश सरकारको लगानीमा सञ्चालित उक्त प्रयोगशालाले दैनिक सयौँ बिरामीको जाँच गर्नुका साथै सुलभ दरमा ल्याबसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, मधेश प्रदेश, स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- मधेश प्रदेशः १० महिनामा करिब १९ प्रतिशत खर्च
- कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान पुनः बस्ने
- बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामाः प्रधानमन्त्री
- ‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’
- सञ्चारमन्त्री शर्माद्वारा ‘गणतन्त्र दिवस तस्बिर प्रदर्शनी’ उद्घाटन
- जिप दुर्घटनामा १२ जना घाइते
- विश्वभर बुद्धधर्मको महत्व छ: परराष्ट्रमन्त्री श्रेष्ठ
- निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई स्थापित गर्नुपर्छ: मुख्यमन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया