सोलुखुम्बुमा तामाको भाँडाको व्यापार बढ्यो
सोलुखुम्बु । जिल्लामा तामाबाट बनेका भाँडाको माग बढ्न थालेको छ । बिहेको सिजन मंसिर लागेसँगै जिल्लामा तामाबाट बनेका भाँडाहरुको व्यापार बढ्न थालेको व्यवसायीहरुले बताएका छन् ।
विगतमा फाट्टफुट्ट मात्रै व्यापार हुने तामाको भाँडा पसलहरुमा समेत मंसिर लागेसँगै बिक्रिदर बढेको सल्लेरीका व्यापारी सुब्बे विश्वकर्माले बताए । करिब एक महिना अघि सम्म प्राय ठप्प नै बनेको तामाको व्यापार तिहारपछि भने क्रमिक बढ्न थालेको उनको भनाई छ । मंसिर लागेसँगै ९० प्रतिशत भन्दा बढीले व्यापार बढेको अर्का व्यापारी प्रेम कुमार विश्वकर्माले बताए ।
विहेको सिजनमा विशेषगरी तामाबाट बन्ने खड्कुलो, झ्यागा, डाली, आम्कोरा लगायतका भाँडाहरुको खपत बढी हुने व्यापारी रमण बहादुर विश्वकर्माले बताए । व्यापार बढेसँगै माग अनुसारको सामाग्री उपलब्ध गराउन मुस्किल पर्ने उनको भनाई छ । काठमाडौँबाटै तामाको पाताको मुल्य बढेर आउँदा मुल्य समायोजनमा भने चुनौती रहेको व्यापारी रिता घतानीको भनाई छ ।
जिल्लाको सल्लेरी, साप्ताहिक हाट नयाँ बजार, नेले बजार, पत्ताले बजार लगायतका बजारहरुमा तामाको भाँडा बिक्री हुने गरेको छ । हिन्दु संस्कार अनुसार छोरीचेलीको बिहेमा आफन्तले तामाबाट बनेका भाँडाहरु उपहार स्वरुप प्रदान गर्ने प्रचल छ । पछिल्लो समय साथीसंगिहरुले पनि विहेमा उपहारको रुपमा तामाबाट बनेका डालीहरु दिने चलन बढ्दै गएको छ ।
क्याटेगोरी : बिबिध, समाचार
ट्याग : #Page 7
ताजा अपडेट
- सगरमाथा आरोहणको यो सिजन ‘लगभग सकियो’, कस्तो रह्यो ?
- स्वस्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना
- गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
- शिवशिखरका संचालक केदारनाथलाई ३३ अर्बको सम्पत्ति शुद्धीकरण
- नेपाल टेलिकमका पूर्वप्रबन्ध सञ्चालक डिल्लीराम अधिकारीले डलरमा घुस लिएको तथ्य फेला !
- कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति
- मूल्य वृद्धिले उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै महासङ्घद्वारा ध्यानाकर्षण
- कांग्रेस सभापति देउवासँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको भेट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया