दक्षिण कोरियामा उच्च शिक्षाका कक्षा सुरु
अमेरिका, जेठ ८
दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले फेरी विद्यालयमै गएर अध्ययन गर्न थालेका छन् । एपीका अनुसार विश्वभर अध्ययन अध्यापनको कार्य अवरुद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्थाहरु पुनः सञ्चालन गर्न थालिएको हो । देशभर बुधबारदेखि हजारौँ सयौँ उच्च शिक्षालयहरु संचालन हुन थालेको अधिकारीहरुले जानकारी दिएका छन् । शिक्षालयमा प्रवेश गर्नु अघि शिक्षक तथा विद्यार्थीहरुको तापक्रम मापन गरिने, मास्क तथा स्यानिटाइजरको प्रयोग, अन्य आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाउनेलगायतका प्रक्रिया लागू गर्नैपर्ने व्यवस्था गरिएको उनीहरुको भनाइ छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण लामो समय बन्द गरिएका शैक्षिक संस्थाहरु नयाँ तरिकाले सञ्चालन गर्न लागिएका छन् । रोगको डरले लामो समय लकडाउन समेत लगाइएकाले विद्यार्थीहरुको अध्ययन कार्य प्रभावित भएको थियो । अहिले सञ्चालन गर्न थालिएका शिक्षालयहरुमा बस्ने, पढ्ने, पढाउने, छलफल गर्ने लगायतका गतिविधिहरु पहिलाभन्दा फरक रहेको विद्यार्थीहरुले बताएका छन् ।
देशको शिक्षा मन्त्रालयले हरेक विद्यार्थीको अनुहार छेक्ने गरी डेक्समा प्लाष्टिकको नयाँ संरचना बनाउन लगाइएको जनाएको छ । एक विद्यार्थीको नाक, मुखबाट निस्किने श्वास अर्को विद्यार्थीसम्म सजिलै नपुगोस् भन्ने उद्देश्यले अनुहार छेक्ने पारदर्शी संचरना प्लाष्टिकको बनाउन लगाइएको मन्त्रालयको भनाइ छ । अहिले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि मात्रै अध्ययन अध्यापन कार्य सञ्चालन गरिएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । उनीहरुले सानो उमेरका विद्यार्थीहरुका लागि चरण चरणमा अध्ययन अध्यापन कार्य सुरु गराइने जानकारी दिएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया