वीवाईडीद्वारा एक वर्षमा तीन मिलियन बढी विद्युतीय सवारीको बिक्री
काठमाडौं । बीवाईडीले एक वर्षमा तीन मिलियनभन्दा बढीको संख्यामा विद्युतीय सवारी साधनहरू बिक्री गरेको छ । कम्पनीले सन् २०२३ मा मात्रै तीन लाख २४ हजार चार सय १७ वटा विद्युतीय गाडीहरू बेचेको जानकारी दिएको छ ।
यस माइलस्टोनले कम्पनीको ६१ दशमलव आठ प्रतिशतको वर्ष–दर–वर्ष वृद्धि मात्रै नभएर दिगो साधनहरूको विकासमा कम्पनीको प्रतिबद्धतालाई पनि देखाएको बताइएको छ । वार्षिक मापदण्डमा ४५ प्रतिशतको वृद्धि देखाउँदै कम्पनीले डिसेम्बरमा मात्रै तीन लाख ४१ हजार ४३ वटा न्यु इनर्जी गाडीहरू (एनईभी) बिक्री गरेको थियो । वर्षको अन्तिम महिनाको यस बिक्रीले कम्पनीलाई विद्युतीय गाडीहरूको बजारमा अग्रणी स्थान सुनिश्चित गर्न सहयोग गरेको कम्पनीको दाबी छ । २०२२ मा पनि कम्पनीले विद्युतीय गाडीको क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै एक दशमलव ८६ मिलियन गाडीहरू बेचेको रेकर्ड बनाएको थियो । कम्पनीका अनुसार दिगो पर्यावरणीय संरक्षण र नवीन प्रविधि विकासप्रतिको प्रतिबद्धताले नै कम्पनीलाई विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ उचाइमा पुर्याएको हो ।
यस्तै, कम्पनीले नोभेम्बर महिनामा पनि उलेख्य मात्रामा विद्युतीय सवारीहरू बिक्री गरेको उल्लेख गरेको छ । कम्पनीले आधिकारिकरूपमा आफ्नो छ मिलियन विद्युतीय गाडीहरू बजारमा ल्याएर एक ऐतिहासिक माइलस्टोन हासिल गरेको जनाएको छ । कम्पनीले सन् २०२३ लाई उत्कृष्ट वर्षका रूपमा लिएको जनाएको छ । यस्तै, कम्पनीले सो वर्ष पर्यावरण मैत्री सवारीसाधनमार्फत यातायातको क्षेत्रमै केही परिवर्तन ल्याउने संयुक्त प्रयास गरेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया